काठमाडौं । भोटेकोशीमा बाढी आएको १० औं र ११ औं दिनमा गरी जलविध्युतको सुरुङ र बाढीले क्षति पुर्याएको घरबाटगरी हालसम्म चार जनाको जीवितै उद्धार भएको छ ।
१० औं दिनमा हिजो त्रिशुली ३ एबाट दुई जनाको उद्धार भएको थियो । आज शनिबार अपर त्रिशुली १ बाट एक चिनियाँ नागरि र बेत्रावतीमा आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको उद्धार भएको हो । नुवाकोट बिदुर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन बिकको कमान्ड टोलीले उद्धार गरेको हो।
हिजो शुक्रबार त्रिशूली ३ एबाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो । सुरुङको ट्रयापमा परेका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी छ । दिन लम्बिँदै जाँदा चिन्ता बढ्दै छ भए पनि हाल सम्म चार जानाको उद्धारले आशाको सञ्चार गरेको छ ।
प्रतिक्रिया