काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार पेट्रोल र डिजेलमा प्रतिलिटर १५–१५ रुपैयाँ बढाइएको हो ।
मूल्य वृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल÷मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल निर्धारण गरेको छ ।
इन्धनको मूल्य १० दिनमै दोस्रो पटक बढेको हो । यही मार्च १५ तारिखमा निगमले प्रतिलिटर पेट्रोल १५ रुपैयाँ र डिजेल १० रुपैयाँ बढाएको थियो ।
प्रतिक्रिया