(Wednesday , 14 October,2026)

जलवायुमैत्री गाउँ निर्माणका लागि नीतिगत छलफल हुँदै

संवाददाता

संवाददाता

ललितपुर-  जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले आज ललितपुरको खुमलटारस्थित इसिमोडको कार्यालयमा जलवायुमैत्री गाउँसम्बन्धी राष्ट्रिय छलफल हुँदैछ।

 अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम -नेपाल)को आयोजनामा भइरहेको छलफलमा जलवायुमैत्री गाउँसम्बन्धी नीतिगत व्यवस्था, स्थानीय अभ्यास, व्यावहारिक सूचक र कार्यान्वयनका चुनौतीबारे विचार आदानप्रदान हुनेछ्।

रोयम - नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जलवायुमैत्री गाउँ निर्माणका लागि स्थानीय अभ्यास, नीतिगत व्यवस्था र समुदायको सहभागितालाई जोड दिइने माउन्टेन ई जर्नलसँग बताउनुभयो।।

कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, नागरिक समाज, अनुसन्धानकर्ता तथा विकास साझेदारका प्रतिनिधिहरू सहभागी हुँदैछन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सञ्चालित जलवायुमैत्री अभ्यासका अनुभव आदानप्रदान गर्दै निर्देशिकालाई स्थानीय आवश्यकताअनुसार प्रभावकारी बनाउन आवश्यक सुझाव पहिचान गरिनेछ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal