(Monday , 30 March,2026)

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

mountainejournal.com

mountainejournal.com

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् ।

जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । गृहमन्त्री गुरुङले शनिबार रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal