काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य शाहलाई देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
शाहले शुक्रबार नै १२ बजेर ३४ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच शाहलाई शपथ गराउने कार्यक्रम छ । शुक्रबार नै मन्त्रिपरिषद् विस्तारको समेत तयारी भइरहेको छ ।
प्रतिक्रिया