काठमाडाैँ । पछिल्लो समय कृषकको रोजाइन प्राङ्गारिक मल भन्दा रासायनिक मलका साथै विषादीको प्रयोग बढी गर्ने हुँदा माटोको उर्वराशक्ति घट्दै गएको पाइएको छ । डिजिटल माटो नक्साको तथ्यांक अनुसार परिक्षण गरेको कुल माटोमध्ये परिक्षण गर्दा ५४.१३ प्रतिशत माटोमा अम्लीय पाइएको छ । कुल ३८ हजार ९ सय ३२ वटा माटोको नमुना परिक्षण गर्दा ५४.१३ प्रतिशत माटोमा अम्लीय देखिएको हो । यस्तै २८.४७ प्रतिशत माटो तटस्थ र १७ .३७ प्रतिशत माटो क्षारीय प्रकृतिको पाइएको छ । पूर्वी नेपालको माटो भन्दा पश्चिम नेपालको तुलनामा बढी अम्लीय पाइएको कृषि विभागले जनाएको छ ।
गत वर्ष ३० हजार ५४८ वटा माटोको नमुना परिक्षण गर्दा ६६ प्रतिशत माटो अम्लीय पाइएको थियो भने २९ प्रतिशत माटो तटस्थ र ५ प«्रतिशत माटो क्षारीय प्रकृतिको पाइएको थियो । माटोमा अम्लीय बढी हुँदा कृषि बालीको उत्पादन प्रत्यक्ष असर पर्ने विज्ञहरु बताउँछन् । राज्यले बिग्रदो माटोको स्वास्थ्यमा अहिले नै धान नदिए खाद्य सुरक्षा समेत जोखी बढ्ने विज्ञहरुको भनाइ छ ।
कृषि विभागका उपमहानिर्देशक डा. दिवस राज विष्टले पछिल्लो समय व्यवसायी कृषि खेती बढ्दै गएपछि कृषकले प्राङ्गारिकको प्रयोग भन्दा रासायनिक मल र विषादीको प्रयोग गर्नु हुँदा माटोमा अम्लीय बढ्दै गएको जानकारी दिए ।
कृषकले राज्यले अहिलेको अवस्थामै माटोको स्वास्थ्यमा ध्यान नदिए आउने दिनमा खाद्य सुुरक्षामै असर पर्ने उनले बताए । माटोको उर्वराशक्ति ह्रास हुन नदिइन कृषक सचेत हुने पर्ने उनले बताए ।
राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा.श्रीप्रसाद विष्टले माटोको अम्लिय बढ्दो कृषि बाली उत्पादनमा असर पर्ने उनले बताए । माटोको अम्लिय बढ्दा कति प्रतिशत उत्पादन घट्छ भनेर यकिन गर्न अध्ययन भएको छैन । तर, कृषि बाली धान र आलुमा बाहेक अधिकांश हरियो बालीहरुको उत्पादनमा ह्रास आउने उनको भनाइ छ । पछिल्लो समय कृषकहरुले धेरै रासायनिक मल र विषादको प्रयोग गर्दा माटोमा अम्लिय बढ्दो देखिएको उनले जानकारी दिए ।
उनका अनुसार गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुन्छ । नेपालका अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएको छ । राज्यले अहिले नै माटोको स्वास्थ्य अवस्थालाई ध्यान दिएन भने मुलुकमा खाद्य सुरक्षा समेत जोखी देखिने विष्टको भनाइ छ ।
डिजिटल माटो नक्साको तथ्यांक अनुसार कुल माटोमा करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम पाइएको छ भने ४५ प्रतिशत माटोमा मध्यम र १८ प्रतिशत माटोमा उच्च मात्रामा पाइएको छ ।
विशेषगरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थको मात्रा कम छ । गत वर्ष ३६.९ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४६.७ प्रतिशत माटोमा मध्यम र १६.४ प्रतिशत माटोमा उच्च मात्रामा प्राङ्गारिक पदार्थ पाईएको थियो । नेपालको माटोमा औषत २.५९ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको छ । गत वर्ष नेपालको माटोमा औषत २.७७ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको थियो ।
विभागका अनुसार नेपालमा प्रति वर्ष माथिल्लो सतहतको करिव १.७ मिलिमिटर माटो भूक्षयका कारण ह्रास हुने गरेको छ । देशभर करिब २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशत माटोमा मध्यम र २४ प्रतिशत माटोमा उच्च पाइएको छ । तराईको माटोमा हिमाल र पहाडको तुलनामा नाइट्रोजनको मात्रा कम पाइएको छ ।
फस्फोरसको स्तर करिब ३५ प्रतिशत माटोमा कम, २१ प्रतिशत माटोमा मध्यम र ४४ प्रतिशत माटोमा उच्च पाइएको छ । पोटासको स्तर करिब २८ प्रतिशत माटोमा कम, ४८ प्रतिशत माटोमा मध्यम र २४ प्रतिशत माटोमा उच्च रहेको देखिन्छ । सूक्ष्म पोषक तत्वका दृष्टिले मोलिब्डेनम, जिङ्क र बोरोनको मात्रा सामान्यतया कम पाइएको छ । बोरोनको मात्रा विशेषगरी पूर्वी नेपालमा न्यून छ । साथै, सल्फर पनि मुख्य रूपमा तराई क्षेत्रका माटोमा कम देखिएको छ ।
प्रतिक्रिया