काठमाडौँ । च्याउ उत्पादक किसान संघ नेपालले मधेश प्रदेशबाट पराल ढुवानीमा भइरहेको अवरोधविरुद्ध विरोध जनाएका छन् । संघका अध्यक्ष सन्तोष कार्कीका अनुसार किसानहरूले लामो समयदेखि पराल अभावका कारण च्याउ खेती र पशुपालनमा समस्या भोगीरहेको अवस्थामा ढुवानी अवरोध गरेको भन्दै देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको हो । १० टनभन्दा बढी क्षमता भएका मालबाहक सवारी साधनमा करिब चार टन मात्र पराल बोके पनि ट्राफिक प्रहरी तथा अन्य प्रहरीले अनावश्यक रोकजाँच गरी ढुवानीमा बाधा पुर्याइरहेका छन् ।
यसका कारण उत्पादन लागत वृद्धि भएको र किसानहरू उपभोक्तालाई पर्याप्त च्याउ तथा दूध उपलब्ध गराउन असमर्थ रहेको उनको भनाइ छ । संघले पथलैयामा आयोजना गरिएको शान्तिपूर्ण धरना कार्यक्रममा प्रहरीले गरेको दमन र धरपकटको निन्दा गर्दै, स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने अभियानमा संलग्न किसानमाथि भइरहेको राज्यद्वारा दमनको विरोधमा देशव्यापी आन्दोलनको आव्हान गरेको छ ।
प्रतिक्रिया