(Friday , 17 April,2026)

गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति

mountainejournal.com

mountainejournal.com

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो रस्साकस्सीपछि मंगलबार बिहान अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउने सहमति जुटेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

मंगलबार सिफारिस समितिको बैठकले गभर्नरको रुपमा पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिको सिफारिस अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal