(Friday , 20 February,2026)

नेपाल-भारतबीच पारस्परिक कानुनी सहायता सम्झौतामा हस्ताक्षर

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । नेपाल र भारतले आपराधिक विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई देशले उक्त सम्झौतामाथि हस्ताक्षर गरेका हुन्। 

नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सम्झौतामा हस्ताक्षर गरेको हु्न । 

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, मन्त्रालयका उच्च अधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

फौजदारी विषयमा दुई मुलुकबीच पारस्परिक कानुनी सहायता आदानप्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको कानुन मन्त्रालयले बताएको छ।

‘सो सम्झौताले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा प्रमाण संकलन तथा आदानप्रदान लगायतका विषयमा दुवै मुलुकका सक्षम अधिकारीबीच सहयोग आदानप्रदान गर्नको लागि विधिवत् मार्ग प्रसस्त गर्नेछ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। 

सम्झौता नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन कोशेढुङ्गा सावित हुनेछ र यसले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याकंनमा समेत थप मद्दत पुर्‍याउने मन्त्रालयको विश्वास छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal