(Wednesday , 10 December,2025)

मधेश प्रदेशमा मलकोे कोटामा वृद्धि

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । मधेश प्रदेशलाई हाल छुट्टयाइएको रासायनिक मलको कोटा वृद्धि हुने भएको छ । हाल करिब २७.१६ प्रतिशत अनुदानको मल मधेश प्रदेशलाई छुट्टयाइएको छ ।

संघीय सरकाले गत साउन ७ गते मधेश प्रदेशलाई संकट ग्रस्त क्षेत्र घोषणा गरे पछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको नेतृत्वमा जनकपुर पुगेको सांसदहरु, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री सहित जनकपुर स्थीत मन्त्रालयमा  मंगलबार बसेको बैठकले रासायनिक मलको उपलब्धता र वितरण लगायतका बिषयमा छलफल गरि कोटा वृद्धि गर्नुपर्ने निर्णय गरेको हो । 

बैठकले मधेशका सुख्खा क्षेत्रमा तत्काल सिँचाईको व्यवस्था गर्न र दिर्घकालीन व्यवस्थाका लागि पहल गर्न सम्वन्धीत निकायलाई अनुरोध गर्ने निर्णय गरेको मधेश प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.उमेश दाहालले जानकारी दिए ।  

त्यस्तै बैठकले ऊखु किसानलाई यस अघि दिदै आएको अनुदान रकम उपलब्ध गराउनु पर्ने निर्णय पनि गरेको छ ।  मधेश प्रदेशमा  प्राङगारिक मल प्रर्वद्धन र  माटो सुधारका कार्यक्रम ल्याउने तथा कृषि पुर्वाधारमा लगानी बढाउने खालका कार्यक्रम अघि वढाउने निर्णय पनि बैठकले गरेको छ ।
 


 

 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal