काठमाडौँ । साउन महिना सकिन एकसाता मात्र बाँकी हुँदा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ । बाली विकास तथा कृषि जैविक विविधता केन्दका अनुसार १३ लाख ७८ हजार ९६६ हेक्टरमा रोपाइँ हुन्छ ।
जसमध्ये केन्द्रका अनुसार साउन २५ सम्मा ९१ प्रतिशत अर्थात १२ लाख ५४ हजार ८८६ हेक्टरमा धान रोपाइँ भएको हो । यो अघिल्लो वर्षको तुलना गर्दा कम हो । गत वर्षको साउन २७ गतेसम्म ९८.१९ प्रतिशत रोपाइँ भएको थियो । मुलुक कृषि प्रधान भएता पनि पर्याप्त सिचाइँ सुविधा नहुँदा मधेश प्रदेश पानी नपर्दा सुक्खा भएपछि रोपाइँ कम भएको हो ।
पर्याप्त सिचाइँ सुविधा नहुँदा आकाशे पानीको भरमा बाली लगाउनु पर्ने बाध्यता भएकै कारण यस पटक मधेश सुक्खा हुँदा धान रोपाइँ कमी भएसँगै असरको असर उत्पादन पनि पर्ने देखिएको प्रमुख केशव देवकोटाले जानकारी दिए । उनका अनुसार धान रोप्न समयअन्तिम चरण पुगेको छ । पहाडी क्षेत्रमा धान रोपाइँ सम्पन्न भएसकेको छ । मधेशमा भर्खर नै परेको हुँदा थोरै रोपाइँ बढे धेरै फरक नपर्ने उनको भनाइ छ । कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले यस पटक मधेश पानी नपरेका कारण धान रोपाइँमा कम आउँदा राष्ट्रिय कुल धान उत्पादन घट्ने निश्चित भएको जानकारी दिए ।
साउनको अन्तिम हुँदा सम्मको धान रोपाइँको तथ्यांक उपलब्ध भए अनुसार गत वर्ष भन्दा कम भएसँगै सबै भन्दा धेरै उत्पादनको हिस्सा ओगटेको प्रदेशमै ढिला धान रोपाइँ भएकाले पनि त्यसको प्रत्यक्ष असर राष्ट्रिय उत्पादन पर्ने उनको भनाइ छ । उनका अनुसार धानको उत्पादन घट्दा मुलुकको कुल अर्थतन्त्र समेत प्रत्येक्ष असर पर्छ । मुलुकको कुल ग्राहस्थे उत्पादनमा कृषि क्षेत्रको ठुलो योगदान छ । कृषि बाली मध्येको मुख्य बाली नै धान हो । धान उत्पादन नै कमी आउँदा राष्ट्रिय अर्थतन्त्रमा यसको प्रत्यक्ष असर पर्छ ।
उनले भने,‘ धान उत्पादनमा कमी हुँदा कृषिमा मात्र आश्रित किसान परिवारको आय स्रोत समेत घट्छ । यस्तै यसले हाम्रो खाद्य सुरक्षामा पनि प्रत्येक्ष असर पर्छ । धान उत्पादनको सबै भन्दा ठुलो हिस्सा नै मेधश प्रदेश र कोशी प्रदेशमा नै धान रोपाइँमा कमी हुँदा मुलुकको अर्थतन्त्रमा असर पर्छ । बाली केन्द्रको तथ्यांकअनुसार साउन २५ सम्ममा सबै भन्दा धेरै सुदूपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा सुदूरपश्चिममा सय प्रतिशत रोपाइँ भएको थियो ।
यो प्रदेशमा १ लाख ७६ हजार हेक्टरमा रोपाइँ हुन्छ । कर्णाली प्रदेशमा ९८.४ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ४२ हेक्टरमा रोपाइँ हुन्छ । जसमध्ये ४० हजार ३८३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यसैगरी लुम्बिनीमा ९८. प्रतिशत रोपाइँ सकिएको छ । यो प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २ लाख ९७ हजार १०३ हेक्टरमा रोपाइँ सकिएको छ ।
यसैगरी गण्डकीमा ९२.७७ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये ८७ हजार ३७५ हेक्टरमा रोपाइँ सकिएको छ । यस्तै बागमतीमा ९३.५७ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये १ लाख ८१ हजार १७३ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा ९८.१९ प्रतिशत रोपाइँ भएको थियो ।
साउन २५ सम्मको धान रोपाइँ अवस्था
प्रदेशको नाम यो वर्ष साउन
कोशी प्रदेश ९४.४२ प्रतिशत
मधेश प्रदेश ७६.५४ प्रतिशत
बाग्मती प्रदेश ९३.५६ प्रतिशत
गण्डकी प्रदेश ९२.७७ प्रतिशत
लुम्विनी प्रदेश ९८.०७ प्रतिशत
कर्णाली प्रदेश ९८.०७ प्रतिशत
सुदूर पश्चिम प्रदेश ९८.७२ प्रतिशत
देशभरी कुल जम्मा ९१ प्रतिशत
स्रोत बाली विकास तथा कृषि जैविक विविधता केन्द
प्रतिक्रिया