(Tuesday , 09 December,2025)

मधेश प्रदेशमा ५७ प्रतिशत मात्र धान रोपाइँ

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । धान उत्पादनको ठुलो हिस्सा अगटेको  मधेश प्रदेशमा यस पटक धान रोपाइँ सबै भन्दा कम भएको छ । साउनको तेस्रो साता आइपुग्दासम्म मधेश प्रदेशमा ५७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । बाली विकास तथा कृषि जैविक विविधता केन्दअनुसार साउन १८ गतेसम्म मुलुकभर धान रोपाइँ हुने क्षेत्रफलको कुल ८३.८८ प्रतिशत रोपाइँ हुँदा मधेश प्रदेशमा जम्मा ५७.२८ प्रतिशत मात्र रोपाइँ भएको हो । 

पर्याप्त सिचाइँ सुविधाको कमी र आकाशे पानी नपर्दा मधेश प्रदेश सुक्खा हुँदा धान रोपाइँ यो वर्ष सबै भन्दा कम भएको केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिए । पछिल्लो समय पानी पर्न थालेको हुँदा अर्काे हप्तासम्म केही प्रतिशत बढ्ने देखिएको उनले बताए ।  बाली विकास तथा कृषि जैविक विविधता केन्दअनुसार मुलुकभर १३ लाख ३८ हजार ७३२ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । साउन १८ देशभर ८३.८८ प्रतिशत अर्थात ११ लाख ५६ हजार ६८७ हेक्टरमा धान रोपाइँ सकिएको हो ।

जसमा मधेश प्रदेशमा २ लाख १३ हजार हेक्टर जमिन मात्र धान रोपाइँ भएको छ । यो प्रदेशमा कुल धान रोपाइँ ३ लाख ७२ हजार ६४५ हेक्टरमा हुन्छ ।   केन्द्रको तथ्यांक अनुसार मधेश प्रदेशमा सबै भन्दा कम ५७.२८ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यो गतवर्षको तुलनामा आधा नै कम हो । गत वर्ष  समयमा मधेश प्रदेशमा यो समयमा ९५ प्रतिशत धान रोपाइँ भएको थियो ।

गत वर्षको तुलनामा ३८ कम हो । यस्तै अर्काे अन्नको भण्डार मानिने कोशी प्रदेशमा पनि गत वर्ष भन्दा धान रोपाइ कम भएको छ ।  साउन १८ गते कोशी प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर जमिन मध्ये ८९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष  ९५  प्रतिशत धान रोपाइँ भएको थियो । गत भन्दा यस पटक ६ प्रतिशत धान रोपाइँ कम भएको छ ।  

केन्द्रको तथ्यांकअनुसार साउन १८ सम्ममा सबै भन्दा धेरै सुदूपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा सुदूरपश्चिममा सय  प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा १ लाख ७६ हजार हेक्टरमा रोपाइँ हुन्छ । कर्णाली प्रदेशमा ९६.४७ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ४२ हेक्टरमा रोपाइँ हुन्छ ।  जसमध्ये ३९ हजार ५९४ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी लुम्बिनीमा ९५.९६ प्रतिशत रोपाइँ सकिएको छ । यो प्रदेशमा ३ लाख २ हजार ९३९  हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २ लाख ९० हजार ७०८ हेक्टरमा रोपाइँ सकिएको छ ।  यसैगरी गण्डकीमा ८८.९७ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये  ८३ हजार ७९४ हेक्टरमा रोपाइँ सकिएको छ ।

यस्तै बागमतीमा ९२.९२ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये १ लाख ७४ हजार ४३४ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा ९७ प्रतिशत रोपाइँ भएको थियो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal