(Tuesday , 09 December,2025)

मधेशमा खडेरी खाद्य संकट हुने संकेत 

२० गतेसम्म पानी नपरे वैकल्पिक उत्पादनको बाटो रोज्ने

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । खाद्यान्नको भण्डार मानिने मधेश प्रदेशमा खडेरी परेपछि खाद्य संकट हुने संकेत देखिएको छ । सबै भन्दा धेरै धान उत्पादन हुने प्रदेशमा नै सुक्खा खडेरी पर्न थालेपछि आउने दिनेमा खाद्य संकट हुने संकेत देखिएको हो । बाली विकास तथा कृषि जैविक विविधता केन्द्रको तथ्यांक अनुसार साउन ११ सम्म मधेश प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलमा मध्येको ५१.८१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । 

यो प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये साउन ११ गतेसम्म १ लाख ९३ हजार ११६ हेक्टरमा मात्र रोपाइँ भएको छ । कुल राष्ट्रिय धान उत्पादनमा ठुलो हिस्सा यस प्रदेशकै योगदान छ । उक्त प्रदेश नै खडेरी परी सुक्खा हुँदा किसानले समयमा धान नै राप्ने नपाएपछि समग्र राष्ट्रिय उत्पादन समेत गरी परी खाद्य संकट हुने संकेत देखिएको कृषि उत्पादकत्व महाशाखा प्रमुख राजेन्द्र कोइराल  बताउँछन् । 

खाद्य संकट नहुन नदिइन राज्य गम्भिर हुन आवश्यक रहेको उनको भनाइ छ । मधेशमा देखिएको सुक्खा खडेरीलाई राज्यले गम्भितापूर्व नलिए खाद्य संकट हुने देखिएको उनले बताए । कोइरालाका अनुसार पछिल्लो समय खाद्यान्न भण्डार मानिने मधेश प्रदेश र कोशी प्रदेशमा सुक्खा खडेरी पर्नुका मुख्य कारण चुरे दोहन र जलवायु परिवर्तनको असर देखिएको हो । मधेशमा खडेरी पर्दा बोरीङ, चापाकल सबै सुकेर किसानले धान रोप्न पाएका छैन ।

उनले भने,‘ मधेश प्रदेश नै धेरै धान उत्पादन हुने ठाउँ हो । त्यहाँ सुक्खा भएपछि उत्पादन स्वातह घट्छ । तर, अहिले नै संघ, प्रदेश र स्थानीय तह सबै लागेर त्यहाँ सिचाईको व्यवस्था पर्नुपर्छ । समयमा बीउ नरोप्दा उत्पादकत्व घटछ ।’ साउनको २० भित्र ठुलो पानी पर्याे र सरकारले सिचाईको वैकल्पिक व्यवस्था गर्याे भने ठुलो असर पर्ने उनको भनाइ छ ।

साउन ११ सम्मको धान रोपाइँको तथ्यांकलाई हेर्दा यति नै उत्पादनमा कमी आउँछ भन्ने नसकिने उनको भनाइ छ । यस्तै कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले साउन २० गतेसम्म पनि मधेशमा सक्खा खडेरी भयो भने वैकल्पिक उत्पादनको जाने तयारी भइरहेको जानकारी दिए । 

खाद्यान्नको भण्डारमा नै सुक्खा खडेरी परेपछि चार वटा कृषि, ऊर्जा, सिचाई र खानेपानी मन्त्रालय सहसचिव स्तरिय कार्यदल गठन गरी अध्ययन भइरहेको छ । महानिर्देशक सन्जेलका अनुसार तराई क्षेत्रमा साउन २० गतेसम्म धान रोपाइँ हुन्छ । पानी पर्दा अहिले अन्य सिचाईका वैकल्पिकमा तरकारी  पनि अपनाइ रहेका छौँ । पानी पर्ने सम्भावना पनि छ ।  

यदि साउन २० सम्म पनि पानी परे भने त्यहाँका कृषकलाई विकल्पिकका रुपमा अन्य बाली पानी कम लाग्ने बाली कोदो, तरकारी लगायत उत्पादन गर्ने दिने तयारी भइरहेको उनले जानकारी दिए । वैकल्पिक खेतीका लागि बजेटको पनि प्रस्ताव गर्ने तयारी भएको उनले बताए । साउन २० गते भन्दा अघि के हुन्छ भन्न सकिदैन । तर, विगतको भन्दा धान उत्पादन कम हुने सक्ने अनुमान रहेको उनले जानकारी दिए ।     

बाली विकास तथा कृषि जैविक विविधता केन्दअनुसार मुलुकभर १३ लाख ३८ हजार ७३२ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । साउन ११  देशभर ७८.८४ प्रतिशत धान रोपाइँ सकिएको हो ।  जसमा सबै भन्दा धेरै धान उत्पादनको हिस्सा अगटेको क्षेत्र मधेश र कोशी प्रदेशमा कम रोपाइँ भएको छ । 
केन्द्रको तथ्यांक अनुसार मधेश प्रदेशमा सबै भन्दा कम ५१.८२ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

यो गतवर्षको तुलनामा आधा नै कम हो । गत वर्ष  समयमा मधेश प्रदेशमा यो समयमा ९२ प्रतिशत धान रोपाइँ भएको थियो । गत वर्षको तुलना यस वर्ष आधा नै कम भएको छ ।  यस्तै अर्काे अन्नको भण्डार मानिने कोशी प्रदेशमा पनि गत वर्ष भन्दा धान रोपाइ कम भएको छ ।  

साउन ११ गते कोशी प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर जमिन मध्ये ८०.३९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष  ९०.७ प्रतिशत धान रोपाइँ भएको थियो । गत भन्दा यस पटक १० प्रतिशत धान रोपाइँ कम भएको छ ।  केन्द्रको तथ्यांकअनुसार साउन ११ सम्ममा सुदूपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा सुदूरपश्चिममा ९९.६ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा १ लाख ७६ हजार हेक्टरमा रोपाइँ हुन्छ । 

कर्णाली प्रदेशमा ९१.८३ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ४२ हेक्टरमा रोपाइँ हुन्छ ।  जसमध्ये ३७ हजार ५०५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यसैगरी लुम्बिनीमा ९२.०४ प्रतिशत रोपाइँ सकिएको छ । गतवर्ष सोही अवधिमा  ९८.६ प्रशिकत धान रोपाइ भएको थियो । 
यो प्रदेशमा ३ लाख २ हजार ९३९  हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २ लाख ७८ हजार ८२८ हेक्टरमा रोपाइँ सकिएको छ ।  

यसैगरी गण्डकीमा ८४.५३ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये  ७९ हजार ६१३ हेक्टरमा रोपाइँ सकिएको छ । यस्तै बागमतीमा ८७.१९ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये १ लाख ५ हजार १०३ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा ८५.४ प्रतिशत रोपाइँ भएको थियो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal