(Wednesday , 10 December,2025)

कृषक व्यवसाय पाठशाला स्थापना गरी जलवायु अनुकूल कृषि अभ्यास

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । राष्ट्रिय कृषक समूह महासंघलले केयर नेपालसँगको साझेदारीमा सिरहा र सप्तरी जिल्लाका छ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको रूपान्तरण परियोजनाले कृषक व्यवसाय पाठशाला(एफएफबिएस) स्थापना गरी समावेशी, लैंगिक समानता र जलवायु अनुकूल कृषि अभ्यासमा सुरु गरेकाे छ ।  कृषक महासंघले सीमान्तकृत र साना किसानलाई सशक्त बनाउने उद्देश्यले कृषक व्यवसाय पाठशाला स्थापना गरी विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।

रूपान्तरण परियोजनामा अवलम्बन गरिएका नवीनतम अभ्यासहरूको सिकाइ आदान–प्रदान एवं प्रणाली संयोजन नीतिगत पहलका साथै विस्तार रणनीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले शुक्रबार काठमाडौं मा कृषक व्यवसाय पाठशाला नमुना सिकाइ तथा प्रणालीगत कार्यदिशा अन्तरक्रियाको आयोजना गरिएको थियो ।

अन्तरक्रियामा कृषि मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी, कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारी, संयुक्त राष्ट्रसंघका विश्व खाद्य कार्यक्रम डब्लुएफपी र एफएओ, गाउँपालिका राष्ट्रिय महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाललगायतका नागरिक समाज एवं गैरसरकारी संस्थाका प्रतिनिधि, केयर नेपाललगायत दातृ निकाय प्रतिनिधि, किसान, कृषक समूह महासंघ नेपालका तहगत संरचनाका पदाधिकारीलगायत कृषि क्षेत्रमा कार्यरत करिब ६० जनाको सहभागिता रहेको थियो ।

मुख्य रूपमा कृषि प्रसार सेवा, सोको विस्तार एवं रणनीतिका बारेमा केन्द्रित रहेको छलफलमा दिगो कृषिका लागि पर्यावरणीय कृषिलाई अवलम्बन गर्नुपर्ने, कृषिको उद्यमशीलताका लागि प्रसार सेवाको विस्तार गर्नुपर्ने, तहगत सरकारको नीतिगत एवं कार्यक्रमहरूमा कृषि प्रसारलाई किसानसम्म पुर्याउन बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका साथै प्रणाली संयोजन गर्नुपर्नेमा जोड दिइएको थियो ।

आयोजकका अनुसार सिरहामा उक्त मोडलको सफल उदाहरण बनेको छ । यसमा १८ हजार चार सय किसानलाई परिचयपत्र वितरण गरिएको छ । ३७ भूमिहीन परिवारले ४८ हेक्टर जमिन भाडामा लिएर खेती गरिरहेका छन् । ९३ प्रतिशत महिला किसान एफएफबिएस समूहमा आबद्ध छन् ।


धनगढीमाई नगरपालिकालगायत छवटा स्थानीय तहले एफएफबिएसलाई आफ्नो मुख्य कृषि विस्तार प्रणालीका रूपमा अंगिकार गरेका छन् । मधेस प्रदेश सरकारले पाँच सय महिला स्वयंसेवक किसान परिचालन गरी प्रविधि विस्तारमा सहयोग गरिरहेको छ । कार्यक्रमले जैविक मल, झोल मल, शून्य जोत प्रणालीजस्ता जलवायु अनुकूल कृषि अभ्यास प्रवद्र्धन गरेको छ । सामुदायिक बीउ उत्पादन मोडलमार्फत् ४१ टन गहुँको बीउ बिक्री भएको छ भने खेती गर्ने क्षेत्रफल ४.२८ हेक्टरबाट ९.४६ हेक्टर पुगेको छ । उक्त मोडलले किसानलाई आत्मनिर्भर बनाउन र कृषिको दिगो विकासमा ठूलो योगदान पु¥याएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal