(Wednesday , 10 December,2025)

मधेस प्रदेशमा अध्ययन टोली परिचालन

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । मधेस प्रदेशका ८ जिल्लाहरुमा  सुख्खाका कारण धान रोपाइँ हुन नसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८  वटै जिल्लामा  अध्ययन टोली पठाउने भएको छ । मन्त्रालयले हालको अवस्था र समस्या समाधानका लागि गर्न  सकिने तत्कालीन र दीर्घकालीन  उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिकको टोली पठाउने निर्णय भएको हो ।

आइतबार सो क्षेत्रमा अध्ययन टोली पुग्ने छ ।  शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मन्त्रालय र मातहतका कर्मचारीहरुसँग  छलफल गरी तुरुन्तै सो क्षेत्रमा टोली पठाउन निर्देशन दिएका थिए । मन्त्री अधिकारीको निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रवाट २÷२ जनाको दरले टोली पठाउने निर्णय भएको  हो ।

मन्त्री अधिकारीका अनुसार टोलीले मधेस प्रदेशमा रहेका मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीहरुसँग पनि समन्वय गर्ने छ । मधेस प्रदेश सरकारले लामो समय सो क्षेत्रमा पानी नपर्दा खाने पानीको  समेत अभाव भएको र  धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिन अघि सुख्खा ग्रस्थ क्षेत्र घोषणा गरेको थियो । मन्त्री अधिकारीले अबको केही दिन भित्र वर्षा  नभएको अवस्थामा तिनै तहको सरकारले विकल्प  खोज्नु पर्छ , मन्त्रालय मातहतका सबै  निकायलाई यसतर्फ लगाउनु पर्छ । 

हाल रहेका सिँचाइका संरचनाहरुलाई  पुर्णरुपमा सञ्चालन गरी, सिँचाइका लागि अन्य विकल्पहरु के के हुन सक्छन  सम्बन्धित निकायसँग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्री अधिकारीले जानकारी दिए । मधेशका ८ जिल्लामा  हालसम्म करिब ४६ प्रतिशत रोपाई  सम्पन्न भएको  मधेस प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal