(Wednesday , 10 December,2025)

असारको तेस्रो सातासम्म ६ लाख २३ हजार हेक्टर रोपाइँ

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । मुलुकभर ६ लाख २३ हजार १०४ हेक्टर धान रोपाइँ भएको छ । बाली विकास तथा जैविक विविधिता संरक्षण केन्द्रका अनुसार असार २३ गते सम्म उक्त क्षत्रेफल धान रोपाइँ भएको हो । केन्द्रका  अनुसार १३ लाख ८३ हजार ७३२ सय हेक्टर धान रोपाइँ हुन्छ । कुल क्षेत्रफलको ४५.०३ प्रतिशत धान रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा १.५३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष सोही अवधिमा मुलुकभर ४३.५ प्रतिशत धान भएको थियो । 

जसमा सबै भन्दा धेरै सुदुरपश्चिम प्रदेशमा भएको छ भने सबै भन्दा कम मधेश प्रदेशमा भएको छ । सुदुदरपश्चि प्रदेशमा रोपाइँ हुने क्षेत्रफलको ८२.८४ प्रतिशत भएको छ भने मधेश प्रदेशको रोपाइँ हुने क्षेत्रफलको जम्मा  २५.०८ प्रतिशत मात्र भाएको छ । पहाडी र उच्च पहाडी क्षेत्रमा धान रोपाइँ जेठ महिनाबाट नै सुरु हुने र तराई क्षेत्रमा ढिला सुरु धान रोपाइँ कम देखिएको केन्द्रका प्रमुख देशव देवकोटाले जानकारी दिए । उनले समयमा मनसुन सुरु भएको हुँदा धान रोपाइँ राम्रो भइरहेको बताए ।  उनका अनुसार त्यसकारण सुदुरपश्चिममा धान रोपाइँ सकिन थाली रहेको छ । मधेश प्रदेशमा धानको बीउ नै ढिला राख्ने हुँदा अन्य प्रदेश भन्द कम रोपाइँ भएको हो । 

केन्द्रको तथ्यांक असार २३ सम्ममा मधेश प्रदेशमा जम्मा धान रोपाइँ ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुन्छ । यसमध्ये अहिले ९३ हजार ४६८ हेक्टरमा मात्र धान रोपाइँ भएको छ । गत वर्ष पनि यो अवधिमा २५.५ प्रतिशत नै धान रोपाइँ भएको छ ।  सुदूपश्चिममा ८२.८४ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको सोही अवधिमा ८६ प्रतिशत रोपाइँ भएको थियो ।  गत वर्षको अवधिसँग तुलना गर्दा यो वर्ष ४ प्रतिशत कम रोपाइँ भएको छ । यो प्रदेशमा १ लाख ७६ हजार हेक्टरमा धान रोपाइँ हुन्छ । 

यस्तै कर्णाली प्रदेशमा धान रोपाइँ हुने क्षत्रेफलको ७१.६६ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यहि अवधिमा ७८ प्रतिशत भएको थियो । गत वर्षको तुलनामा कर्णाली प्रदेशमा पनि धान रोपाइँ कम भएको छ ।  केन्द्रका अनुसार कर्णाली प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफल ४० हजार ८८४ हेक्टर छ । जसमध्ये २९ हजार २९८ हेक्टरमा धान रोपाइँ सकिएको हो । यसैगरी लुम्बिनी प्रदेशमा ५२.११  प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष सोही समयमा ४४.४ प्रतिशत रोपाइँ भएको थियो ।

गत भन्दा यस पटक लुम्बिनी प्रदेशमा ७.७१  धान रोपाइँ बढेको छ । यो प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १ लाख ५७ हजार ८५७ हेक्टरमा रोपाइँ भएको केन्द्रको तथ्यांक छ । यसैगरी गण्डकीमा ५५.५९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो बेला ४९.७ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षभन्दा यो वर्ष ५.८९ प्रतिशत रोपाइँ बढी भएको छ । यो प्रदेशमा ९४ हजार १८२ हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये ५२ हजार ३५३ हेक्टरमा रोपाइँ सकिएको छ ।

यस्तै गरी बागमती प्रदेशमा ५१.९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यहि अवधिमा ४१ प्रतिशत रोपाइँ भएको थियो । बागमती प्रदेशमा गत वर्ष भन्दा १०.९ प्रतिशत धान रोपाइँ बढी भएको छ । यो  प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । जस मध्ये ६२ हजार ५६० हेक्टरमा धान रोपाइँ सकिएको हो । यस्तै कोशी प्रदेशमा २९.५४ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा ३४.४ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर छ ।  जसमध्ये ८१ हजार ६३४ हेक्टरमा रोपाइँ भएको छ । 

असार २३ सम्मको धान रोपाइँ अवस्था 
प्रदेशको नाम     यो वर्ष असार २३      गत वर्ष असार २३
कोशी प्रदेश    २९.५४ प्रतिशत     ३४.४ प्रतिशत 

मधेश प्रदेश    २५.०८ प्रतिशत     २५.५  प्रतिशत 
बाग्मती प्रदेश     ५१.९ प्रतिशत     ४१.० प्रतिशत 
गण्डकी प्रदेश    ५१.९ प्रतिशत     ४९.७ प्रतिशत 
लुम्विनी प्रदेश    ५५.५१ प्रतिशत     ४४.४ प्रतिशत 
कर्णाली प्रदेश    ५२.११ प्रतिशत      ७८.० प्रतिशत 
सुदूर पश्चिम प्रदेश    ७१.६६ प्रतिशत     ८६.० प्रतिशत 
देशभरी कुल जम्मा     ४५.०३ प्रतिशत     ४३.५ प्रतिशत 
 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal