(Sunday , 31 May,2026)

विश्व साइकल दिवस २०२५

विशाल साइकल प्रदर्शन

mountainejournal.com

mountainejournal.com

 

काठमाडाैँ ।  विश्व साइकल दिवस २०२५ को अवसरमा, ‘स्वच्छ हावाका लागि साइकल’ अभियानका सदस्यहरूले सिंहदरबार अगाडि एउटा विशाल साइकल प्रदर्शन गरेका छन् ।  प्रदर्शनमा राखिएका ब्यानरहरूमा साईकल देखेनौ सरकार, अब देख्छौ कि ?’ लेखिएको थियो। यस प्रदर्शनको उद्देश्य नेपालका सहरहरूले सामना गरिरहेको सहरी बहु-संकटको सम्भावित समाधानका रूपमा साइकललाई सरकारको ध्यानाकर्षण गराउनु थियो।

‘स्वच्छ हावाका लागि साइकल’ अभियानले गत हिउँदमा वायु प्रदूषण चरम सीमामा पुगेर काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर बनेपछि यस्ता प्रदर्शनहरू आयोजना गर्दै आएको छ। विभिन्न साइक्लिङ समूह र संस्थाहरूद्वारा सामूहिक रूपमा सञ्चालित यस अभियानले साइकलप्रयोगकर्ताहरूको अधिकार सुनिश्चित गर्न र थप नागरिकहरूलाई अन्य प्रदूषण फैलाउने निजी यातायातका साधनको सट्टा साइकल रोज्न प्रोत्साहन गर्न साइकलमैत्री पूर्वाधार र नीति ल्याउन राज्यका सबै तहमा पैरवी जारी राख्ने लक्ष्य राखेको छ।

गत शनिबार यस अभियानले वसन्तपुर दरबार स्क्वायरबाट सुरु  समाप्त भएको एउटा साइकल र्‍याली पनि आयोजना गरेको थियो, जसमा ८०० सहभागीहरू थिए। उक्त र्‍यालीलाई माननीय उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नुभएको थियो। यसैबीच, माइतीघर र तीनकुने बीचको पहिलो समर्पित साइकल लेन काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले हटाउने निर्नय गरेको छ। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal