(Wednesday , 10 December,2025)

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

mountainejournal.com

mountainejournal.com

 काठमाडौँ । कृषि तथा पश्पन्छी विकास मन्त्री रामनाथ अधिकारीले साझा प्रयासले  मात्र जलवायु परिवर्तन ,खाद्य असुरक्षा र ग्रामिण जीविका जस्ता चुनौतीहरुको सामना गर्न सकिने बताएका छन् ।  एशियाली राष्ट्रहरुको खाध तथा कृषि सहकार्य( अफासी )को ७ औं साधरणसभालाई आज काठमाडौंमा सम्वोधन गर्दे मन्त्री अधिकारीले अफासीले एशियाली राष्ट्रहरु वीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य ,नविनतम प्रविधि र आपसी ज्ञानको आदानप्रदान गर्न महत्वपुर्ण मञ्चको रुपमा काम गरेको बताए । उनले सदस्य राष्ट्रहरु बीचको  सहकार्य मार्फत कृषि रुपान्तरणका लागि नयाँ अवसरहरु सृजना गर्न सकिनेमा जोड दिए । 

कृषि अनुसन्धानलाई सुदृढ बनाउन, दिगो खेतीपातीको अभ्यासलाई प्रवद्र्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्न अपरिहार्य रहेको र यसका लागि अफासीले मञ्चको रुपमा कार्य गर्नुपर्नेमा बताए । साधरणसमभामा अफासीका सदस्य राष्ट्रका प्रतिनीधिहरुको सहभागिता रहेको छ  ।  तीन ÷तीन वर्षमा आयोजना हुने आगामी साधरण सभा इन्डोनेसियामा आयोजना हुने निर्णय भएको  नेपाल कृषि अनुसन्धान परिषद( नार्क ) का कार्यकारी निर्देशक कृष्ण तिमिल्सीनाले जानकारी दिए ।

  आजै काठमाडौंमा आयोजीत दोस्रो आलु सम्मेलनलाई सम्वोधन गर्दे कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको कुल ग्राहस्थ उत्पादनमा ६ .३५ प्रतिशत योगदान रहेको आलु बालीको प्रवद्र्धनका लागि सरकारले प्राथमिकताका साथ काम गरेको बताए ।  सरकारले आलुको सिकाई केन्द्र स्थापना , बीेउ तथा भण्डारणमा कृषकहरुलाई अनुदान , शीतभण्डार लगायतका पुर्वाधार निर्माणका कार्य भैरहेको मन्त्री अधिकारीले उल्लेख गरे 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal