(Wednesday , 10 December,2025)

धान रोपाइँ अन्तिम चरण, देशभर ९२ प्रतिशत सकियो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । यस वर्षको धान रोपाइँ अन्तिम चरण पुगेको छ । कृषि विभागका अनुसार साउन १३ गतेसम्म देशभर ९२.४ प्रतिशत धान रोपाइँ सकिएको छ । विभागका अनुसार कुल १३ लाख ९८ हजार २७३ हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान छ । जसमध्ये साउन १३ गते सम्म १२ लाख ९२ हजार २२१ हेक्टर जमिनमा धान रोपाइँ सकिएको हो । गत वर्ष यहि अवधिमा ७८.१ प्रतिशत धान रोपाइँ सकिएको थियो । गत वर्षको तुलना यो वर्ष धान रोपाइँ १४.३ प्रतिशतले वृद्धि भएको हो । 

जेठ महिनादेखि सुरुवात हुने धान रोपाइँ अब अन्तिम चरण पुगेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले जानकारी दिए । धेरै जस्तो सिचाइँ उपलब्ध हुने पहाडी क्षेत्रमा जेठमहिनादेखि नै धान रोपाइँ हुने पहाडी क्षेत्रमा बाँकी छैन ।  तराई क्षेत्रमा धान रोपाइँ पनि केही ढिलो समय नै सुरु हुने पुर्व तराई र मधेश प्रदेशमा करिब १÷२ प्रतिशत बाँकी भए पनि अब अन्तिम चरणमा पुगेको उनले बताए । यस वर्ष मनसुन छिटो नै सुरु भएको हुँदा धान रोपाइँ पनि छिटै सकिएको उनले बताए । साउन १३ सम्मा ९२ प्रतिशत रोपाइँ सकिसकेको छ ।

उनले भने,‘ सात प्रतिशत त केही भएको छैन । अब हामीले रोपाइँको तथ्यांक संकलन पनि अब एक पटक गर्छौँ ।’ त्यसपछि नहुने उनले जानकारी दिए । गत वर्ष भन्दा यो वर्ष मनसुन नै सक्रिय हुँदा गत वर्ष भन्दा यो वर्ष देशभरको धान रोपाइँ निकै वृद्धि छ । मनसुनको सक्रियतासँगै  रासायनिक मलको पनि अभाव नभए पछि धान रोपाइँ गत वर्ष भन्दा बढेको छ । केसीका अनुसार विगत भन्दा पछिल्लो समय तराई क्षेत्रमा सिँचाईको विस्तार बढेको र नयाँ प्रविधिको प्रयोग बढ्दै गएको कारणले  पनि यस वर्ष मधेश प्रदेशमा धान रोपाइँ निकै वृद्धि छ ।

समयमा धान रोपाइँ भएको हुँदा यसले धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने  देखिएको छ । यस पटक रासायनिक मल पनि सहज रुपमै आपूर्ति भइरहेको हुँदा उत्पादन पनि बढ्ने सम्भावना रहेको उनको भनाइ  छ ।  विभागको तथ्यांक अनुसार सबै भन्दा धरै रोपाइँ  सुदूरपश्चिम प्रदेशमा भएको छ । यस प्रदेशमा कुल जमिनको ९९.६ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यहि अवधिमा यो प्रदेशमा कुल क्षेत्रफलको ९९.२ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर जमिनमा रोपाइँ हुन्छ । मधेश प्रदेशमा यस वर्ष धान रोपाइँ उल्लेखनिय वृद्धि भएको छ ।

कृषि विभागको तथ्यांकअनुसार साउन १३ गते सम्म ९२ प्रतिशत रोपाइँ भएको छ । यो गत वर्ष यहि समयमा ५८.८ प्रतिशत मात्र रोपाइँ सकिएको थियो ।  यो गत वर्षको तुलनामा ३४ प्रतिशत बढी हो । यो प्रदेशमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये ३ लाख ५२ हजार ४४३  हेक्टरमा धान रोपाइँ सकिएको छ ।  

यसैगरी कर्णाली प्रदेशमा साउन १३ सम्म कुल क्षेत्रफलको ९६.९ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको सोही अवधिमा कर्णाली प्रदेशमा ८५ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा ४१ हजार ९०४ हेक्टर जमिनमा रोपाइँ हुन्छ । जसमा ४० हजार ६२३ हेक्टरमा रोपाइँ सकिएको हो । 
यसैगरी लुम्बिनीमा ९१.३ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको सोही अवधिमा ८०.९ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा ३ लाख ११ हजार हेक्टरमा रोपाइँ हुने गरेको छ । 

गण्डकी प्रदेशमा ९१.९ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा ८२.३ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुन्छ ।  जस मध्ये ८८ हजार २५२ हेक्टरमा धान रोपाइँ भएको छ । यस्तै विभागको साउन १३ सम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा धान रोपाइँ हुने कुल जमिनको ९०.८ प्रतिशत धान रोपाइँ सकिएको छ ।

गत वर्षको यही समयमा ८०.१ प्रतिशत रोपाइँ भएको थियो ।  यो गत वर्षको भन्दा १०.७ प्रतिशत बढी हो ।  यो प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टरमा रोपाइँ हुन्छ । यसैगरी कोशी प्रदेशमा ९०.७ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही समयमा ८३.६ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष गत वर्षभन्दा ७.१ प्रतिशत रोपाइँ बढी भएको छ । यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर रहेको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal