काठमाडाैँ । दूध उत्पादनक किसानले विक्री गरेको खरिब ६ अर्ब रुपैयाँ भुक्तानी हुनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । दुग्ध उत्पादक किसानहरूको विभिन्न संघ संस्थाले बिहीबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै १६ बुँदे माग सहित आन्दोलनका हुन् । किसानले दूधको बाँकी वक्यौता भुक्तानी हुनुपर्ने, किसानले उत्पादन गरेको दूध खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने, दूधको बिक्री मूल्य निर्धारण हुनुपर्ने, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दूध तथा दुधजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने पर्ने लगायतका माग गर्दै आन्दोलन घोषणा माग राखेका छन् ।
दूध उत्पादक किसानहरूले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । दुग्ध उत्पादक किसानका अनुसार केही समयदेखि उत्पादित दूधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर बिक्री वितरण हुन नसकेको अवस्थामा बिक्री गरिएको दूधको करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरूले दिएका छन् । नेपालमा हाल दैनिक करिब ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुन्छ । दुध उत्पादनमा करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष संलग्न छन् ।
प्रतिक्रिया