(Wednesday , 10 December,2025)

व्यवसाय च्याउ खेतीका लागि छुट्टै नीतिको माग

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नेपालमा च्याउ खेतीको सम्भावना धेरै भएको व्यवसायी बताउँछन् । च्याउ खेतीलाई प्रोत्साहित गर्ने व्यवसायी रुपमा अघि बढाउन राज्यले छुट्टै नीति बनाउनु  पर्ने व्यवसायीको माग छ ।   लामो समयदेखि नवलपुरको गैंडाकोटमा एनसि एग्रोटेक इण्डष्ट्रिज प्रालिका सञ्चालक दिपक न्यौपाने नेपालमा राम्रो सम्भावना र भविष्य हुँदा हुँदै पनि महत्व नबुझ्दा च्याउ व्यवसायी फस्टाउन नसकेको बताउँछन् ।

उनले भने, ‘आफूले नेपाली बनौँ, नेपाली भनौँ सम्हालौँ नेपाल नारा बनाएर नेपालमा पहिलो पटक चीनबाट किंग च्याउ उत्पदान गर्ने प्रविधि भित्र्याएर किङ्ग (राजा च्याउ) च्याउ खेती गर्दै आएको छु ।’ आफैं देशमा केही गरौँ भन्ने उद्देश्यले करोडौँको लगानी लगाएर च्याउ खेती गर्दा आएको व्यवसायी न्यौपाने बताउँछन् ।नेपालमा च्याउको बजार मूल्य र सम्भावना भएपनि राज्यको नीति राम्रो नहुँदा नेपाली किसान मर्कामा परेको न्यौपाने सुनाउँछन् । उनका अनुसार राजा च्याउ उत्पादन गर्नका लागि उच्च गुणस्तरका कच्चा पदार्थको आवश्यकता पर्छ ।

उखुको बगास, उच्च ग्रेडको मकै, फ्रेस पिना, ग्रेडिङ गरेको गहुँ, फ्रेस चापट, काठको भुस, कपासको खोस्टा तथा मकैको खोया जस्ता वस्तुको प्रयोग हुन्छ । ‘च्याउको महत्व नबुझेर च्याउ खेती पछि परेको हो’ च्याउ उत्पादक विकास संघका अध्यक्ष सन्तोष कार्की भन्छन्, ‘च्याउ खेतीको सम्भावना धेरै नै छ ।’

राज्यबाट सहयोग नपाउँदा च्याउ खेती ओझेलमा परेको उनको भनाइ छ । राज्यले बजार र किसानको लगानीअनुसार मूल्यको सुनिश्चित गरीदिए किसानले बजारको मागअनुसार जति पनि उत्पादन गर्न सक्ने उनले बताए । च्याउको महत्व राज्यले नै नबुझ्दा नेपालका ठूलो ठूला होटेलमा आयातित च्याउको प्रयोग हुने स्वदेशी उत्पादन च्याउले स्थान नपाउने गरेको उनको गुनासो छ । नीतिगत रुपमा राज्यले च्याउ खेती व्यवसायलाई प्राथमिकता दिइने हो भने आम्दनी र रोजगारी दुबै बढ्ने अध्यक्ष कार्की बताउँछन् ।  

च्याउ भनेपछि सबैले बुझ्ने तरकारीको एउटा परिकार हो । यसको महत्व नबुझेर यसलाई सबैले सामान्य रुपमा लिइन्छ । आम मानिसले यसलाई एउटा तरकारीको परिकारको रुपमा बुझेका हुन्छन् । तर, च्याउ औषधीको रुपमा पनि प्रयोग हुने गरेको च्याउ खेती व्यवसायी तथा च्याउको अनुसन्धान गर्दै आएका आकाश वादे बताउँछन् ।

‘नेपालमा विभिन्न थरिका च्याउ उत्पादन हुन्छन् । जसमध्ये रातो, टर्टी टेल च्याउ क्यान्सर जस्तो जटिल रोगको औषधी हो’ उनले भने, ‘२०७१ सालमा च्याउको अध्ययन अनुसन्धान र विकासमा मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर दर्ता गरी च्याउको अनुसन्धान गर्दै आएका छौं । हामीले नेपालका विभिन्न जंगलमा पाइएका पोषकिय तथा औषधिय गुणयुक्त च्याउ पहिचान गरी ती च्याउ संकलन, संरक्षण र विकास गरी खेती प्रविधिको विकास गर्दै आएका छौं ।’

नेपालमा कन्ये, गोब्रे, सिइताके, दुधे, किङ्ग ओयस्टर, टर्की टेललगायतका च्याउ उत्पादन हुन्छन् । जसमा टर्की टेल च्याउ क्यान्सर रोगको लागि अति नै उपयोगी मानिन्छ । नेपालकै जंगलबाट संकलन अनुसन्धान गरेर उत्पादन गरेको च्याउ हो । यो काठको धुलो तथा काठको मुडामा फलाउन सकिन्छ । वादे भन्छन्, ‘नेपालमा च्याउ खेतीको राम्रो सम्भावना र बजार दुवै छ । महत्व नबुझेर च्याउ व्यवसाय खेती नै छायामा परेको छ । धेरै मानिसहरुले च्याउलाई एउटा तरकारीको परिकारको रुपमा मात्र हेरेका हुन्छन् ।’

च्याउबाट धेरै परिकार बनाएर व्यवसाय पनि गर्न सकिन्छ भने कतिपय च्याउ औषधीकै रुपमा प्रयोग खान पनि सकिन्छ । वादेले भन्छन्, ‘नेपालमा च्याउ खेती गर्ने थालेको १५ वर्ष भयो । करिब ९ वर्षदेखि च्याउको अनुसन्धान पनि गरी नै रहेका छौं । जर्सिङ पौवा र फुल्चोकीबाट औषधिय गुणयुक्त रातो च्याउ संकलन गरि बिउ बनाइ खेती सुरुवात गरेका छौं ।’ स्वदेशी रैथाने कन्ये च्याउ र आयातित कन्ये च्याउको कल्चरको च्याउको बिचमा हाइब्रिडाइजेसन गरि नेपालमा पहिलो पटक हाइब्रिड बिउको विकास गरेको छ ।

बिउ विकास गरी कम्पनी आफैंले व्यावसायिक रातो च्याउको खेती गरी नेपालमै पहिलो पटक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट सूचीकृत गरी रेशी मसरूम पाउडर, रातो च्याउ र कोको पाउडर मिक्स गानोको बिक्री वितरण सुरु गरेको छ । च्याउमा लाग्ने विभिन्न रोग र किराहरुका बारेमा अध्ययन अनुसन्धान गरी रोग र किरा पहिचान, लाग्नुका कारण व्यवस्थापन र सुरक्षित राख्ने उपायहरुको बारेमा अध्ययन अनुसन्धान गरी रहेको व्यवसायी वादे बताउँछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal