(Wednesday , 10 December,2025)

पुष्पमेला सुरु

संवाददाता

संवाददाता

काठमाडाैँ । पुष्पमेला सुरु भएको छ । मंगलबारदेखि ललितपुरको जावलाखेल  १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० मेला सुरु भएको हो । नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) को आयोजनामा १६ औं सस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी सुरु भएको हो । 

‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १४ देखि १८ गतेसम्म चल्नेछ । प्रदर्शनीमा व्यवसायिक स्टल ५१, प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५७ वटा प्रदर्शनी कक्षहरु राखिएको छ । 

अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी÷फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहेको छ । सबै कार्यको लागि तयारी पुरा भएको उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए ।

यस प्रदर्शनीको सह–आयोजक संस्थाको रुपमा पुष्प विकास केन्द्र रहेको छ । साथै सहयोगी संस्थाको रुपमा कृषि पुर्वधार बिकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्र, प्रायोजक संस्थाको रुपमा सेवा कोकोपिट र बैंकिङ साझेदार संस्थाको रुपमा कृषि विकास बैंक रहने भएको छ । 
मेलामा नेपालमा विगत वर्ष देखि नै व्यवसायीक उत्पादन हुदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको यसवर्ष पनि भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन्।

यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुने छन । गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष मीन बहादुर तामाङले बताए ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal