काठमाडाैँ । मुलुकभर ६८ प्रतिशत रोपाइँ भएकाे छ । गत वर्ष २०७९ को श्रावण ५ गतेसम्म ८८ प्रतिशत रोपाइ सम्पन्न भएको थियो । यस हिसाबले गत वर्षको यस अवधिको तुलनामा २० प्रतिशतको हाराहारीमा कम रोपाइ भएको देखिन्छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको तथ्यांकअनुसार विशेष गरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिलाे सुरु भएको हुँदा धान रोपाइँ कम भएको हो ।
कर्णाली प्रदेशमा विशेषगरि गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको अभाव भइ रोपाइ थोेरै प्रभावित भएको रिपोर्टिङ्ग भएको छ । सुदुरपश्चिम प्रदेशमा रोपाइ करिव सकिएको छ । विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलव्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँदा धान रोपाइँ हुने प्रतिशत क्रमश: बढ्दै जाने अपेक्षा गरिएको छ । मध्य तराइमा श्रावण मसान्तसम्म नै रोपाइ हुने गरेको सन्दर्भमा श्रावणमसान्तसम्ममा ९०-९५ प्रतिशतसम्म रोपाइ हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया