(Wednesday , 10 December,2025)

नयाँ नेतृत्व आएपछि नार्क सुधारउन्मुख

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । अव्यवस्थित एवं फोहोरको डम्पिङ साइट जस्तै देखिने नेपाल कृषी अनुसन्धान परिषद (नार्क)लाई व्यवस्थित बनाउँने काम भईरहेको छ ।  ललितपुरको खुमलटारमा रहेको नार्कमा कृषीका बैज्ञानिक एवं कर्मचारीहरु बसेर काम गर्ने कार्यालय हो । तर कार्यालय भित्रै जताततै फोहोरै फोहोर एवं जथाभाविको पार्किङले कार्यालय ‘डम्पिङ’ साइट जस्तै देखिन्छ । नार्कको नेतृत्वमा नयाँ नेतृत्व आएपछि सुधारउन्मुख देखिएको छ । 

करिब अढाई सय भन्दा बढी क्षेत्रफलमा बिभिन्न कार्यालयहरु रहेका छन् । कृषी सम्बन्धी बिभिन्न बिषयगत कार्यालयदेखी लिएर खाद्यान्य उत्पादन एवं अनुसन्धान हुने गरेको सोही क्षेत्रमा नार्कको साढे तीन तल्ले भवन छ । 

सो भवनमा हाकिम पिच्छेका छुटाछुटै किचेन छ । जतिखेर नि केही न केही पाकिरहेको हुन्छ । कार्यालयको प्रत्येक तल्लामा हाकिम पिच्छेका १५ भन्दा बढी किचेन रुम रहेका छन् । ‘नार्कमा २० भन्दा बढी कृषीका बैज्ञानिकका साथै ७० भन्दा बढी कर्मचारी कार्यरत हुनुहुन्छ । तर हाकिम पिच्छेका ति किचेनमा जतिखेर नि कुकरको सिटी लागिरहेको हुन्छ । मिठो खाने बानी परेर हो की किन हो त्यो त थाहा छैन् । मिठो खानलाई त ठिक छ तर काम गर्नलाई ठिक छैन्’ कोठेपिच्छे रहेका किचन रुमबाट पीडित एक कर्मचारीले भने । 

नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले कर्मचारीबाट बिभिन्न किसिमका गुनासो आएको र त्यसलाई सुधार गर्ने काम आफूले गरिरहेको बताए । आफू एक महिना अघि कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि नार्कलाई वास्तविक बैज्ञानिकको संस्थाको रुपमा रुपान्तरण गर्ने काम तिब्र गतिमा गरिरहेको उनले बताए । 

‘तल्लै पिच्छे किचेनै किचेन, प्रत्येकलाई छुटाछुटै किचेनको आवश्यकत्ता छैन् । बसेर गफ गर्ने, खुरापाती गर्ने थलो भएको गुनासो आएपछि मैले सबै हटाउँने निर्णय गरिसकेको छु । अब ति सबै किचेन बन्द हुन्छन्’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘व्यवस्थित खाजा घर, अन्तर्राष्ट्रिय स्तरको बगैचा, एवं पार्किङको काम मेरो प्राथमिकतामा रहेको छ । केही समयमै नार्कमा व्यापक सुधार भएको देख्नुहुन्छ ।’

नार्कमा कार्यरत बैज्ञानिक एवं कर्मचारी सुविधा सम्पन्न बैठक कक्ष, सबै अनुसन्धान केन्द्रहरुबाट प्रविधि विकास एवं किसानहरुलाई दिदै आएका सुविधाहरुलाई चुस्तदुस्त, गुणस्तरीय, छिटोछरितो हुने गरी व्यवस्थित बनाउँने कार्यमा आफू लागेको भट्टराईले बताए । 

कार्यालयभित्रै फोहोरै फोहरका साथै पार्किङदेखी अन्य बिभिन्न किसिमका समस्याले कार्यालय अव्यवस्थित रहेको देखिन्छ । कार्यालयलाई कार्यालयजस्तै बनाउँने आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । नयाँ नेतृत्व आएपछि युवा बैज्ञानिकहरु उत्साहित देखिन्छन् । भट्टराईको कडा निर्देशन एवं कामको गति देखेर कार्यालयमा सकारात्मक परितर्वनका साथै कार्मचारीहरु जिम्मेवार बन्नेमा बिश्वास लागेको एक कर्मचारीले बताए । 

नार्कका कृषी अर्थशास्त्रका बैज्ञानिक समयले अव्यवस्थित रुपमा रहेको कार्यालयलाई व्यवस्थित बनाउँने काम तिब्र गतिमा अगाडी बढनेको बताए । सरसफाईको नाममा शुन्य, सबैतिर फोहोरै फोहरले काम गर्ने वातावरण नभएको बताउँदै उनले नयाँ कार्यकारी निर्देशक आएपछि सुधारको काम भईरहेको बताए । आउँने दिनमा पनि यही गतिमा काम अघि बढे नार्कले ठुलो उपलब्धि हासिल गर्ने र कृषकहरु लाभान्वित हुने विश्वास उनले व्यक्त गरे । 

‘पहिला नियमित बैठक, छलफल हुदैन्थ्यो, अहिले सुरु भएको छ । तल्लो तह देखी सबै कर्मचारीका आवाज, गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको बनेको छ’ । उनले भने, ‘कार्यालयमा आउँनुपर्ने पत्रपत्रिका कर्मचारीको घरघरमा जान्थ्यो, अहिले त्यो बन्द भएको । यो साकारात्मक पक्ष हो अन्य क्षेत्रमा पनि यस्तै सकारात्मक परिवर्तनको लक्ष्ण देखिन्छ । 

नार्कका किट बैज्ञानिक किशोर भण्डारीले कार्यालयको सूचना कार्यालयकै कर्मचारीले नपाउँने अवस्था रहेको र कार्यालयलाई नै डम्पिङ साईट जस्तो बनाईएको दुखेसो पोखेका छन् । देश, विदेशबाट आउँने अवसर पेन्डिङ गरेर राखिएको बताउँदै उनले पछिल्लो समय सुधारको संकेत आफूले पाएको बताए । ‘पहिला कार्यालयमा आउँने सूचनाहरु हामी नै पाउँदैन्थ्यौं ।

एक महिना यता सुधार भएको देखिन्छ । विदेशबाट आउँने अवसर पेन्डिङ गरेर राख्न्थ्यिो’ भण्डारीले भने, अहिले विदेशबाट आउँने तालिम, प्रशिक्षण लगायतका अवसर सबैले पाउँने गरी व्यवस्थित बनाउँने काम भएको छ ।’ आफू कार्यरत कार्यालय व्यवस्थित नहँुदा जोकोहीलाई काम गर्ने वातावरण नुहने बताउँदै उनले कार्यालयमा सुधारको संकेत देखेर आउँने दिनमा सबैका लागि राम्रो हुदै जाने विश्वास व्यक्त गरे । नार्कका योजना महाशाखाका प्रमुख डा. टेकप्रसाद गोतामेले पहिला नियमित स्टाप मिटिङ नहुँदा आ–आफ्नो जिम्मेवारी अनुसारको काम तोकिएको समयमा नगर्ने सिस्टमको अब अन्त्य हुदै गएको बताउँछन् ।

‘हामीले गर्ने गरेको कामको व्यवस्थित रुपमा सूचना प्रवाह नभएकाले सबैको जानकारीका लागि व्यवस्थित गर्ने काम गरिरहेका छौं’ गोतामेले भने, ‘यो हाकिम पिच्छेको कोठे किचेन व्यवस्थाको विरोधी हो म । तर मेरो कुरा यहाँ पहिला नसुनेपछि म यहाँ खानै छोडे । अहिले सुधारको अभियान चलेको छ, अब हुन्छ होला ।’ नार्कलाई सुधार गर्ने, व्यवस्थित बनाउँने, बैज्ञानिक तथा कर्मचारीलाई काम गर्ने वातावरण निर्माण गर्नुका साथै नियमित बैठक, छलफल, एवं अव्यवस्थित किचेन रुम हटाउँने अभियान रोक्न नहुने बताउँदै उनले नार्कलाई उत्कृषट कार्यालयको रुपमा बनाईने बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal