(Wednesday , 10 December,2025)

देशभर ५३ प्रतिशत रोपाइँ

mountainejournal.com

mountainejournal.com

काठमाडौं । देशभर धान खेती हुने क्षेत्रफलमध्ये ५३ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेशसँगको समन्वयमा तयार पारिएको तथ्यांकअनुसार असार २९ गतेसम्म ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ  । 

मन्त्रालयका अनुसार गत वर्ष यसै अवधिमा ६५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यो पटक १२ प्रतिशत विन्दु कम रोपाइँ भएको हो । देशभर पर्याप्त वर्षा नहुँदा र खेत जोत्ने गोरुमा लम्पी स्किन रोगको प्रकोपका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

‘विशेषगरी मधेस प्रदेश, कोशी प्रदेश र वाग्मती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको हो’ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले भने ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेषगरी गोरुमा लम्पी स्किन रोगको महामारीका कारण गोरुको अभाव भई रोपाइँ केही प्रभावित भएको रिपोर्टिङ भएको छ ।’ विस्तारै मनसुन सक्रिय भइरहँदा रोपाइँको क्षेत्रफल बढ्दै जाने मन्त्रालयको भनाइ छ । यस पटक रासायनिक मल पनि पर्याप्त रहेको मन्त्रालयको दाबी छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal