(Wednesday , 10 December,2025)

देशभर हालसम्म २७ प्रतिशत मात्रै धान राेपाइँ

संवाददाता

संवाददाता

काठमाडाैँ  । खेतीयाेग्य जमिनमध्ये बिहीबारसम्म देशभर २७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मुलुकभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । सो क्षेत्रफलमध्ये असार २१ सम्म २६.७१ प्रतिशत  अर्थात् ३ लाख ६२ हजार  ६ सय २५ हेक्टरमा रोपाइँ भएको कृषि पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

पोहोरको यहीं अवधिको तुलनामा रोपाइँ करिब १३ प्रतिशत विन्दुले कमी हो । पोहोर २०७९ असार २१ सम्म ४०.०४ प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । ‘मधेश, गण्डकी, लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलाइ हुँदा गत वर्षको यसै अवधिको तुलनामा करिब १३ प्रतिशत विन्दुले रोपाइ कमी भएको छ,’ सन्जेलले भने, ‘मनसुन सुरु हुने क्रमसँगै रोपाइँ हुने क्षेत्रफल बढ्दो क्रममा छ ।’

प्रतिशतको हिसावमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४८.९७ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि क्रमश: कर्णाली प्रदेशमा ४५, कोशीमा ३६.६७, वागमतीमा ३०.७८, लुम्बिनीमा २४.४३ प्रतिशत रोपाइ भएको छ । गण्डकीमा १७.५५ प्रतिशत र मधेशमा सबैभन्दा ९.५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal