(Wednesday , 10 December,2025)

मुलुकभर धान रोपाइँ २२ प्रतिशत

संवाददाता

संवाददाता

काठमाडौं । मुलुकभर धान रोपाइँ २२ प्रतिशत भएको छ । कृषि विभागको तथ्याक अनुसार असार १७ सम्म मुलुकभर २२ प्रतिशत मात्र धान रोपाइ भएको छ । यसपटक गतवर्षको भन्दा २७ प्रतिशत कम हो । गतवर्ष सोही अवधिमा ४९ प्रतिशत  धान रोपाइँ भएको थियो । यसपटक कृषकले धानको बीउ राक्दा सुख्खा मौसम भएको हुँदा धान रोपाइ अधिल्लो वर्षको भन्दा कम भएको कृषि विभाग बरिष्ठ कृषि अर्थ विज्ञ तथा सुचना अधिकारी सूनिल कुमार सिंहले जानकारी दिए ।

समयमा धान बाली लागन सिचाई सुविधा नहुँदा आकाशेभरमा खेती गर्नुपर्ने भएकाले मनसुन ढिलाइ हुँदा रोपाइँ समयमा नहुने उनले बताए । गतवर्षको भन्दा यो वर्ष नेपालमा मनसुन पनि ढिला सुरु भएको हुँदा गतवर्षको तुलनामा धान रोपाइँ कम भएको उनले जानकारी दिए । उनका अनुसार हालसम्म सबै भन्दा धेरै पहाडी जिल्ला सुदुरपरिश्चम प्रदेश र कर्णाली प्रदेशमा रोपाइँ भएको छ भने सबै भन्दा कम मधेश प्रदेशमा भएको छ । कृषि विभागको तथ्यांक अनुसार सुदुुरपश्चिममा असार १७ सम्मको तथ्यांक अनुसार सुदुरपश्चिम ४९ प्रतिशत रोपाइँ भएको छ । तर, गतवर्ष सोही अवधिमा ७२ प्रतिशत धान रोपाइ भएको थियो । 

गतवर्षको तुलनामा यो पटक सुदुरपश्चिममा २३ प्रतिशत धान रोपाइँ कम भएको छ । यस्तै कर्णाली प्रदेशमा असार १७ सम्ममा ४५ प्रतिशत रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा ५६ प्रतिशत भएको थियो । गतवर्षको तुलनामा ११ प्रतिशत कम भएको छ । यस्तै कोशी प्रदेशको धान रोपाइँ १७ प्रतिशत भएको छ । गतवर्ष सोही अवधिमा ३२ प्रतिशत भएको थियो । यो गतवर्षको तुलनामा १५ कम हो । यस्तै मधेस प्रदेशमा १० प्रतिशत रोपाइँ भएको छ गतवर्ष सोही अवधिमा ३० प्रतिशत भएको थियो । 

मधेस प्रदेशमा पनि २० प्रतिशत धान रोपाइँ कम भएको छ । यस्तै गण्डकी प्रदेशमा १८ प्रतिशत धान रोपाइँ भएको छ छ । गतवर्ष सोही अवधिमा ६२ प्रतिशत भएको थियो । यसैगरी लुम्बिनी प्रदेशमा २५ प्रतिशतमा धान रोपाइँ भएको छ । गतवर्ष लुम्बिनीमा यो समयमा  ५३ प्रतिशत धान रोपाइँ भएको  थियो । 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal