(Wednesday , 10 December,2025)

आज राष्ट्रिय कफी सम्मेलन

संवाददाता

संवाददाता

काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवद्र्धन गर्ने मुल उद्देश्यले राष्ट्रिय कफी सम्मेलन हुन लागेको हो । आगामी असार २ देखि ५ गतेसम्म काठमाडौं नयाँबजारमा ‘राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी २०८०’ आयोजना हुन लागेको छ । 

नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा संचालित व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्मेलन तथा प्रदर्शनीको संचालन हुनेछ ।  स्वदेशी तथा विदेशी बजारमा नेपाली कफी माग व्यापक रूपमा बढ्दै गए पनि यसको उत्पादन तथा निर्यात बढाउन नसकिएको अवस्था छ ।

यसक्षेत्रको समग्र मूल्य श्रींखलालाई मजवुत बनाउने उद्देश्यले कफीको सम्मेलन गर्ने लागेको आयोजकले जानकारी दिएको छ । 
नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारीले राष्ट्रिय कफी गर्दा यस व्यवसायमा युवा तथा महिलाको आकर्षण बढाउन सहयोगी पुग्ने बताए । आन्तरिक एवं वाहय बजार प्रर्वद्धन गर्ने, कफी क्षेत्र विकास प्रवद्र्धन लागि आवश्यक नीति तथा कानूनी विषयमा वहस गर्ने तथा उद्यमी व्यवसायीका वस्तु तथा सेवाहरुको प्रर्दशनी गर्ने सम्मेलनको उद्देश्य रहेको उनले बताए । कुल १२ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिने भए पनि केवल ३ हजार ३ सय हेक्टरको हाराहारीमा मात्र खेती हुने गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार सम्मेलनमा कफी उत्पादकहरु,उपकरण निर्माताहरु, निर्यातकर्ताहरु र अन्य कफी क्षेत्र उद्योग सम्बन्धित व्यवसायहरुलाई आफ्ना उत्पादनहरु प्रदर्शन हुनुका साथै यसक्षेत्रका प्रयोग हुने मेसिनरीहरु, रोस्टिङ प्रविधिहरु, प्याकेजिङग समानहरु अवलोकन गर्ने अवसर आगन्तुकहरूले पाउने छन् । नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन हुन्छ । औपचारिक तरिकाले त्यति नै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् । 


नेपालमा उदाउँदो निर्यातमूलक क्षेत्रको रूपमा रहेको कफी व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २० हजार भन्दा बढीलाई रोजगारी दिँदै आएको महासंघका महासचिव सन्तोष पोखरेलले जानकारी दिए । सम्मेलनले कफी उत्पादकहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्यमी व्यवसायीहरुसँग सम्पर्क स्थापित गर्न र बजार पहुँच विस्तार गर्न अवसरहरु सिर्जना गर्ने विश्वास व्यवसायीको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal