(Tuesday , 09 December,2025)

धान उत्पादन ७ प्रतिशतले वृद्धि

mountainejournal.com

mountainejournal.com



काठमडौं । यसपटक धान उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यस पटक धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले हो । यसपटक प्रतिकुल मौसम भएका कारण अघिल्लो वर्षका भन्दा यसपटक धान उत्पादन वृद्धि भएको कृषि तथा पशुपन्छि विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । 


अघिल्लो वर्षको तुलनामा धान रोपाइँ क्षेत्रफल  कम भएपनि प्रतिकुल मौसमका कारण यस यो वर्ष धान उत्पादत्वमा समेत वृद्धि भएको उनले जानकारी दिए । मन्त्रालयका तथ्याङ्क अनुसार यो वर्ष मुलुकभरी चैत र खर्षे धान बाली कुल ११ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफल रोपाइँ भएको थियो । जसमा चैत र खर्षे गरी कुल ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको हो । 


अघिल्लो वर्ष कुल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन उत्पादन भएको थियो । 
धान रोपाइँ अघिल्लो वर्षको तुलनामा ३ लाख २९ हजार ५८९ सय हेक्टर जमिन कम भए पनि धान उत्पादन भने  ३ लाख ५५ हजार ८४७ मेट्रिक टन उत्पादन भएको छ । 


मन्त्रालयका अनुसार गत वर्ष ३० असोजदेखि २ कार्तिकसम्मको बेमौसमी वर्षका कारण धान उत्पादनमा कमि आएको थियो । यसपटक मौसमले साथ दिएकै कारण धान उत्पादन वृद्धि भएको हो । गतवर्ष बेमौसमी वर्षका कारण विशेषगरि लुम्विनी र सुदुरपश्चिम प्रदेशका १ लाख भन्दा बढी हेक्टरमा लगाइएको धान बालीमा क्षति हुँदा करिव ८ दशमलव ७४ प्रतिशत उत्पादनमा कमी आएको थियो । 


केही ढिलो गरि भएपनि विशेषगरि तराईका जिल्लामा रासायनिक मलको उपलव्धता भएको उन्नत वीउको प्रयोग एवं हाइव्रिड जातको प्रयोगमा भएको वृद्धि कारण पनि धान उत्पादनमा वृद्धि भएको प्रवक्ता सन्जेलले बताए ।  स्थानीय तहसम्म कृषि प्राविधिको पहुँचमा केही वृद्धि भएको कारण धान उत्पादनमा सामान्य वृद्धि मन्त्रालय प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिएको छ । 


मन्त्रालयका अनुसार मुलुकको चैते र वर्षे सिजनको धान गरी कुल धान लगाइएको क्षेत्रफल १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफल धान रोपाइँ भएको थियो ।  गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आएको छ ।  
त्यस्तै समग्र उत्पादनमा ६ दशमलव ९४ प्रतिशतले र समग्र उत्पादकत्वमा ९.१२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । 


प्रारम्भिक अनुमानअनुसार प्रदेशगतरूपमा गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको देखिन्छ । मन्त्रालयका अनुसार गत वर्ष बेमौसमी वर्षका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा उल्लेख्य क्षति भइ उत्पादन उल्लेख्य कमी आएको थियो ।  यस वर्ष सामान्यीकरण हुँदा उल्लेख्य वृद्धि देखिएको हो । 

सुदूरपश्चिम प्रदेशका अलावा गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५ दशमवल २ प्रतिशत,  प्रदेश १ मा ५ दशमलव ७२ प्रतिशत र कर्णालीमा ३ दशमलव ४६ प्रतिशत र मधेश प्रदेशमा ०.१८ प्रतिशत उत्पादन वृद्धि भएको छ ।  तर बाग्मती र गण्डकी प्रदेशमा गत वर्षको तुलनामा क्रमशः १ दशमलव ४५ र ३ दशमलव ७४ प्रतिशत उत्पादन कमी भएको मन्त्रालयले जानकारी दिएइको छ । 


समग्रमा गत वर्षको तुलनामा धानको उत्पादन बढे पनि किसानले भने उचित मूल्य पाएका छैनन् ।  सरकारले धानको न्युनतम समर्थन मूल्य तोके पनि समयमा यसको मूल्य भने किसानले नपाएको गुनासो छ ।  उनीहरू सरकारले तोकेको मूल्यभन्दा कममा व्यापारीलाई धान बेच्नुपर्दा लागतसमेत नउठ्ने समस्या परेको गुनासो गर्छन् । 


किसानले मंसीरमा धमाधम धान काटेर बेच्ने पूर्वसन्ध्यामा अर्थात् २०७९–०८० का लागि मन्त्रिपरिषद्ले गत कात्तिक १६ गते मूल्य तोक्यो ।  समर्थन मूल्य तोक्न र कार्यान्वयनमा ढिला गर्दा आम किसानले कम मूल्यमा बजारमा धान बेच्नु परेको छ । 


यसपटक सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।  यो गत वर्षभन्दा प्रतिक्विन्टल २२६ रुपैयाँ बढी हो । गत वर्ष मोटा धानका लागि प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम धानका लागि २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो ।   
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal