काठमाडौं । नेपालले दक्षिण कोरियाबाट उन्न जातका गाई र राँगा ल्याएको छ । दक्षिण कोरिया सरकारले हिफर इन्टरनेशनलमार्फत नेपाल सरकारलाई प्राविधिक सहायताका रूपमा दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । १०० वटा होल्स्टेन फ्रिजन जातका कोरेली गाई २० वटा उच्च प्रजनन मानका राँगा ल्याएको उनले बताए । उनले बिहीबार साँझ साढे ५ बजे ३६ वटा कोरेली गाई र ६ वटा प्रजनन राँगा आइपुगेको जानकारी दिए ।
३४ लिटर जमेको वीर्य त्रिभुवन अन्तराष्ष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका वीच नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क सोङ्ग सुले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकासतर्फका सचिव डा. दिपककुमार खराललाइ हस्तान्तरण प्रवक्ता सेन्जलले जानकारी दिए ।
उनका अनुसार उक्त गाई र राँजा ४ चरणमा गरी २८ डिसेम्वर अर्थात १३ पुससम्म सबै कोरेली गाई र प्रजनन राँगा नेपाल आइपुगिसक्ने छन् ।
बिहीबार ३६ वटा कोरेली गाई र ६ वटा प्रजनन राँगा ल्याइएका छन् । उक्त गाई र राँगा केही दिन नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा राखि पशु प्रजनन कार्यालय पोखरा र लाहान कार्यालयमा तथा कमलामाइ नगरपालिकामा हस्तान्तरण गरिने प्रवक्ता सन्जेलले जानकारी दिए ।
यसरी प्राप्त आनुवांशिक स्रोतवाट नेपालमा उच्च प्रजनन मानका गाईको स्रोत केन्द्र विकास, दुध उत्पादन वृध्दि तथा जातीय विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा मन्त्रालयले राखेको छ ।
प्रतिक्रिया