(Tuesday , 09 December,2025)

किसान समूहलाई मकैको बीउ वितरण

mountainejournal.com

mountainejournal.com

विराटनगर । आफ्नो क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला–बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकैको उत्पादन बढाउन अनुदानमा बीउ उपलब्ध गराएको छ ।
महानगरका किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा मकैको बीउका साथै माटोको उर्वराशक्ति वृद्धिका लागि जिङ्क पनि उपलब्ध गराइएको थियो ।

 बीउ र जिङ्क वितरण गर्दै  महानगरप्रमुख  प्रमुख नागेश कोइरालाले बढ्दो सहरीकरणका कारण जमिनको उर्वराशक्तिमा ह्रास आएकामा चिन्ता व्यक्त गरे । उनले रासायनिक मलको जथाभावी प्रयोगभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताए ।  
वडा नं १९ का अध्यक्ष श्याम घिमिरेले गुणस्तरीय मकैको बीउबाट किसानले अत्यधिक लाभ लिनसक्ने अपेक्षा गरे ।  महानगरपालिकाले २६ वटा किसान समूह तथा सहकारी कृषि फर्मका ३३९ घरधुरीमा वितरणका लागि १ हजार १७६ केजी मकैको बीउ र आठ हजार केजी जिङ्क उपलब्ध गराएको थियो । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal