काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व कर्मचारीलाई जिम्मेवारपूर्ण कर्तव्यनिष्ठ भएर काम गर्ने निर्देशन दिएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री डा. महतले कर्मचारी र उद्योग व्यवसायी सबै मिलेर बढ्नु पर्ने बताए ।
अहिले राजस्व घट्नुमा कर्मचारी दोषी छन भने कारबाहीको भागेदारी हुनुपर्ने उनले बताए । अर्थ महतले भने,‘पछिल्लो समय चोरी पैठारी बढ्दो छ । यो चोरी पैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन ।
भन्सार नाकाकै छेउछाउबाटै चुवाहट आएको छ, यो गम्भीर कुरा हो ।’ भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिर्पोटअनुसार २८ प्रतिशत भन्सार घटेको छ । विभिन्न भन्सार नाकाको भोलुमको कम्पोजिसन र भन्सार घट्नुमा कस्को कति योगदान छ भन्ने कुरा रिर्पोटले देखाउँछ । भैरहवा भन्सारको सबैभन्दा धेरै घटेको छ । भैरहवा भन्सारबाट ४४ प्रतिशत घटेको छ ।’ त्यहा किन घटेको हो प्रमुखलाई के कारणले घटेको हो जानकारी दिन समेत भनिसकेको अर्थमन्त्री महतले जानकारी दिए ।
अर्थमन्त्री महतले विभागका महानिर्देशक लाई विभिन्न भन्सार नाकाको आयातको प्रकृति के छ त्यसको रिर्पोट आफुलाई बुझाउन समेत निर्देशन दिए । वस्तु आयातबाट राजस्व घटेको हो कि अर्को बाटोबाट भन्सार छली गर्दा राजस्व कम भएको हो ’, मन्त्री डा. महतले भने, त्रिभुवन विमानस्थल नाकाबाट पनि भन्सार राजस्व धेरै घटेको छ ।’ त्यहाँ पनि चुहावट भएको खबर प्राप्त भएको छ । वीरगन्ज, रसुवा नाकाबाट पनि धेरै भन्सार राजस्व घटेको छ ।’ त्यसकारण गम्भीर रुपमा काम मन्त्री महतले कर्मचारीलाई निर्देशन दिए ।
प्रतिक्रिया