काठमाडौं- बुधबार सुनचाँदीको मूल्य बढेर कीर्तिमान बनाएको छ । एकैदिन सुनको मूल्य १० हजार ४ सय बढेर प्रतितोला २ लाख ९५ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी बुधबार ४० रुपैयाँले बढेर प्रतितोलाको ५ हजार ९ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा भने बुधबार एक औँस सुन चार हजार ७४० र चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।
प्रतिक्रिया