(Tuesday , 01 September,2026)

बाढी पहिरोले काठमाडौँ जोड्ने मुख्य पृथ्वी राजमार्ग अवरुद्ध 

उपत्यका भित्रिने त्रिभुवन राजपथ र बाहिरिन कान्ति राजपथ राजमार्ग प्रयोग

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरोध यातायात आवागमन प्रभावित भएको छ ।  काठमाडौँ उपत्यकामा हुने दैनिक आगमनलाई प्रभावित हुन नदिइन सरकारले वैकल्पिक मार्ग प्रयोग गर्ने निर्णय गरेको छ ।  सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र यातायात व्यवसायीसँग भएको छलफलले  हाललाई विकल्पका रुपमा उपत्यका भित्रिन त्रिभुवन राजपथ र बाहिरिन कान्ति राजपथ प्रयोग गर्ने निर्णय भएको वाणिज्य मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । 

राजमार्ग अवरोध हुँदा काठमाडौँ उपत्यकाको आपूर्ति सिरिङ्गखलाई विग्रृन नदिइन अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको उनले बताए । उनका अनुसार विशेषगरी खाद्यान्न, एलपी ग्यास, चिनी, दूध तथा तरकारी बोकेका ढुवानीका साधनलाई विशेष समय तालिका (टाइम स्लट) तोकेर उपत्यका भित्र्याउने व्यवस्था गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार आपूर्तिजन्य सवारी साधनहरूलाई त्रिभुवन राजपथ (नौबिसे–दामन–हेटौँडा खण्ड) बाट उपत्यका भित्र्याउने र उपत्यकाबाट बाहिरिने सवारीका लागि कान्ति राजपथ प्रयोग गर्ने गरी कार्यतालिका मिलाइएको छ । सडक विभाग, पूर्वाधार मन्त्रालय, यातायात व्यवस्था विभाग तथा सुरक्षा निकायबीच भएको छलफलमा अत्यावश्यक वस्तुको आपूर्ति वस्तु  बोकेका सवारी साधनहरुलाई उच्च प्रथामिकता दिने निर्णय भएको छ ।

त्रिभुवन राजपथबाट आउने र कान्ति राजपथबाट जाने समय निर्धारण गरिएको  प्रवक्ता सुवेदीले बताए । उनका अनुसार हेटौँडा–दक्षिणकाली, बीपी राजमार्ग सञ्चालनयोग्य छन् । गोरखा हुँदै आउने वैकल्पिक मार्गलाई समेत आवश्यकताअनुसार उपयोगमा ल्याउने छलफल भएको छ । काठमाडौँ उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग मात्र छ भन्ने एउटा भ्रण फैलिएको छ । यो होइन अन्य मार्ग पनि छन् उनले भने,‘ सरकारले प्रयोग आउने सबै बैकल्पिक बाटोको प्रयोग गरी आपूर्ति व्यवस्थालाई विग्रृन नदिइन तयारी गरेको छ ।’ दुई सातासम्म खाद्य समाग्रीको कुनै समस्या नहुने उनले जानकारी दिए । 

प्रवक्ता सुवेदीका अनुसार स्वदेशी उद्योगीहरूबाट खरिद गरिएको तथा भारतबाट आयात भइरहेको गरी कुल २५ हजार मेट्रिक टन चिनी बजारमा उपलब्ध हुने प्रक्रियामा छ । साल्ट ट्रेडिङ कर्पोरेसन तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री काउन्टरहरुबाट सहज रूपमा चिनी वितरण भइरहेको छ,‘ प्रवक्ता सुवेदीले भने,‘ बजारमा सहजता ल्याउन अब निजी क्षेत्रका खुद्रा व्यवसायीहरूले समेत यी संस्थानहरुबाट खरिद गरी उपभोक्तालाई बिक्री गर्न पाउने व्यवस्था मिलाइन उनले जानकारी दिए ।

यसैगरी मुख्य सडक अवरुद्ध भएपछि ग्यास बुलेटहरु रोकिएकाले तत्कालका लागि तराईस्थित बोटलिङ प्लान्टहरुबाट सिलिन्डर नै रिफिल गराएर काठमाडौँ ल्याउने प्रबन्ध गरेको छ । विपद्को फाइदा उठाएर बजारमा अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी गर्ने व्यापारीमाथि सरकारले कडा काबारही गर्नेछ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्ति परिचालन गरी बजार अनुगमनलाई तीव्र बनाउन निर्देशन दिएको छ ।

मन्त्रालयले बजारमा खाद्यान्न, चामल, दाल, तेल तथा नुनको कुनै अभाव नहुने भएकाले अनावश्यक भण्डारण नगर्न प्रवक्ता सुवेदीले उपभोक्तालाई अनुरोध गरेका छन् । नेपाल खाद्य व्यवसायी संघका अध्यक्ष देविन्द्र भक्त श्रेष्ठका अनुसार १५ दिनसम्म काठमाडौँ उपत्यकालाई हुने खाद्य वस्तु मौज्दात छ । काठमाडौँ जोड्नु राजमार्ग अवरोध हुँदैन कामठाडौँमा खाद्यन्नको अभाव नहुने उनले कारोबारलाई जानकारी दिए । 
 उपत्यकाका बाहिरबाटै ग्यास सिलिण्डर भरेर ल्याउने  

केही समय अघिदेखि देशभर आपूर्तिमा सहज भइरहेको अवस्थामा फेरी बाढीले लगातारको वर्षा र बाढीपहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध हुँदा थप समस्या बढेको छ । मुख्य सडक तत्काल सञ्चालनमा आउन नसक्ने स्थिति नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँबाट खाली सिलिन्डरहरू तराई पठाएर भरेर ल्याउने उद्योगीलाई निर्देशन दिए छ ।

निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार मुख्य राजमार्ग बन्द हुँदा अन्य क्षेत्रमा कुनै असर नपरे पनि काठमाडौँ उपत्यकामा भने ग्यास ढुवानीमा समस्या उत्पन्न भएको छ । देशका अन्य जिल्लामा आपूर्तिमा कुनै समस्या छैन ।  पहिरोले बाटो अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा ढुवानीका साधन छिर्न नसकेर समस्या भएको प्रवक्ता ठाकुरले जानकारी दिए । उनका अनुसार उपत्यकामा ग्यासको समस्या हुन नदिन तराई तथा मध्यक्षेत्रका नजिकका बोटलिङ प्लान्टबाट ग्यास सिलिण्डर भरेर ल्याउने वैकल्पिक प्रक्रिया अघि बनाएको छ । 

प्रवक्ता ठाकुरका अनुसार मकवानपुर र चितवनका बोटलिङ प्लान्टहरुमा एलपी ग्यास बोकेका बुलेटहरुलाई तयारी अवस्थामा राखिएको छ । उपत्यकाबाट वैकल्पिक बाटो हुँदै खाली सिलिन्डर मकवानपुर वा चितवन पु¥याउन सकिएमा त्यहीँ ग्यास रिफिल गरी ट्रक तथा अन्य ढुवानीका साधनमार्फत तुरुन्तै काठमाडौँ ल्याइने उनले जानकारी दिए । प्रवक्ता ठाकुरका अनुसार बाटो नखुल्दासम्म वैकल्पिक बाटोबाट काठमाडौँको सिलिन्डर उता तराईमा मकवानपुर र चितवनतिर पुग्न सक्यो भने त्यहाँ बुलेट स्ट्यान्डबाइ छन् । यताको खाली सिलिन्डर गयो भने त्यहाँ भरेर ट्रकको माध्यमबाटै काठमाडौँ ल्याउने तयारी छ ।  

नेपाल एलपि ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले काठमाडौँ जोड्ने मुख्य राजमार्ग बन्द हुँदा तत्काललाई वैकल्पिक बाटोबाट काठमाडौँका लागि बाहिरबाट सिलिण्डर भरेर ल्याउने तयारी भएको बताए । उनका अनुसार ग्यास बुलेटहरु ठूला र भारी हुने भएकाले वैकल्पिक तथा साँघुरा सडकबाट सिधै उपत्यका भित्र्याउन जोखिमपूर्ण र कठिन हुन्छ । त्यसैले तराई र भित्री मधेशमै रहेका बुलेटबाट सिलिन्डर भरेर ट्रकमा लोड गरी काठमाडौँ आपूर्ति गर्ने भनिएको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal