काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.२१ अंकले घटेर दुई हजार ६ सय ७४.७६ को विन्दुमा कायम भएको छ । सोमबार ३ सय ३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर ६९ हजार ६५१ पटक खरिदबिक्री हुँदा सात अर्ब ५८ करोड ५० लाख २२ हजार बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा बैंकिङ समूह शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव २७, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव ९१, जलविद्युत् शून्य दशमलव ०६ र लगानी समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव २०, लघुवित्त एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा शून्य दशमलव ३२, व्यापार शून्य दशमलव १३ र अन्य समूह शून्य दशमलव ४८ प्रतिशतले घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ६४ करोड ३१ लाख ५० हजार ९ सय बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १४ लाख ८९ हजार ३०२ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया