(Thursday , 16 April,2026)

अत्यावश्यक खाद्य वस्तुको आपूर्ति र मूल्य बृद्धिको नियन्त्रण गर्न माग

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । दैनिक अत्यावश्यक वस्तुको मूल्य र आपूर्तिको व्यवस्थापन गर्न राष्ट्रिय उपभोक्ता मञ्चले सरकारसँग माग  गरेको छ । दैनिक उपभोग्य वस्तु चिनी, चामल, गहूं, मकैं, दाल, तेल जस्ता वस्तुहरुको नेपालमा पर्याप्त हुन नसक्दा अहिले यी वस्तुहरु भारत र अन्य मुलुकबाट आयात गरी आपूर्ति व्यवस्थापन नगरे समस्या हुने भन्दै आपूर्ति व्यवस्थापन गर्न मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा निवेदन पेश गरेको हो । 

अघिल्लो सरकारको अर्थ मन्त्रालयको नेतृत्व गर्ने व्यक्ति आफै कालोबजारी, तस्करी तथा बिचौलियाको हातमा बिक्दा प्रधानमन्त्रीको निर्देशन, संसदीय समितिको निर्देशन, आपूर्ति मन्त्रालयको आग्रह तथा आम उपभोक्ताको आवश्यकतालाई समेत नजरअन्दाज उपभोक्ताले महँगोमा चिनी खरिद गर्नु परेको भन्दै मञ्चले उक्त समस्या आउन नदिइन सरकारसँग आग्रह गरेको छ । 

मञ्चका अध्यक्ष प्रेमलाल महर्जन सरकारले खाद्य वस्तुको आपूर्तिमा ध्यान नदिइदा बजारमा ९० रुपैयाँ प्रति किलोमा झरी सकेको चिनी अहिले ११० रुपैयाँ प्रति किलो पुगी सकेको बताउँछन् । 

उनले जिरा मसिनो र मोटा चामल प्रति प्याकेटमा नै ८०० रुपैयां सम्म बृध्दि भई सकेको आंटा तथा मैदाको मूल्य पनि करिव ३० प्रतिशत बढि सकेको व्यहोरा बताए । यस विषयमा प्रधानमन्त्रीको ध्यान गम्भिररुपमा आकर्षित भएन भने मूल्यबृद्धिको चरम श्रंखला शुरु भइ आगामी दिनहरु नेपाली जनताको लागी अत्यन्त भयावह हुन सक्ने अध्यक्ष महर्जन बताउँछन् । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal