(Wednesday , 10 December,2025)

गरिबी निवारणमा एकीकृत प्रयासबाट दीर्घकालीन परिवर्तन सम्भव

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबी निवारण जस्ता विषयहरू एक आपसमा जोडिने हुँदा एकीकृत र समन्वित स्थानीय प्रयासबाट मात्रै दिगो र दीर्घकालीन परिवर्तन सम्भव हुने बताएका छन् । न्यूयोर्कमा सम्पन्न  दिगो विकास लक्ष्य  स्थानीय करण साझेदारी मञ्च २०२५ को वार्षिक बैठकमा प्रमुख वक्ताको रूपमा रहेका उपाध्यक्ष अधिकारीले दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता, ज्ञान र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्ने बताए ।

उपाध्यक्ष अधिकारीले नेपाल संघीय संरचनाअन्तर्गत संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको जानकारी गराउनुहुँदै, स्थानीय सरकारहरू नै नागरिकसँग सबैभन्दा नजिक हुने भएकाले उनीहरूले आफ्ना समुदायको आवश्यकता बुझ्नु पर्ने बताए । चाँडो प्रतिक्रिया दिन र प्रत्यक्ष रूपमा विश्वास निर्माण गर्न सक्ने उनको भनाइ थिए । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगले रणनीति तयार गर्ने, मार्गदर्शन गर्ने, अनुगमन गर्ने र सबै तहमा क्षमता अभिवृद्धि गर्ने काम गरिरहेको समेत उपाध्यक्ष अधिकारीले जानकारी दिए । 

उनले स्थानीय तहलाई अझ प्रभावकारी बनाउन दिगो विकास लक्ष्य स्थानीय करण कार्यान्वयन मार्गदर्शिका २०२१’ र दिगो विकास लक्ष्य कोडिङ स्रोत पुस्तक २०२२’ जस्ता उपकरण सञ्चालनमा ल्याइएको र नेपालले तेस्रो भोलियन्टरी नेशनल रिभ्यु २०२४ (भिएनआर) मा समेत प्रस्तुत गरेर आफ्नो प्रतिबद्धता देखाइसकेको बताए । उपाध्यक्ष अधिकारीले हालै चन्द्रा गिरी नगरपालिकाले (युएन हेबीटाट) को  प्राविधिक सहयोगमा तयार पारेको वोलिन्टरी लोकल रिभ्यु (भिएलआर) लाई विशेष उपलब्धिका रूपमा उल्लेख गर्नुहुँदै  यसले स्थानीय सरकारलाई एसडीजी प्रगतिलाई मापन गर्न, खाका तयार पार्न र चुनौती पहिचान नीतिगत सुधार गरी लगानी योजना बनाउन सहयोग पु¥याएको बताए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal