(Wednesday , 10 December,2025)

धानको न्यूनतम समर्थन मूल्य निर्धारण

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ ।  सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को बर्खे लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरिएको हो । गत वर्षको भन्दा सरकारले मूल्य बढाएको छ ।

गत वर्षका तुलनामा यो वर्ष प्रति क्विन्टल ५३ रुपैयाँ मुल्य  मोटा धानको मुल्य वृद्धि गरेको छ भने मध्यम धानको मुल्य एक सय १८ रुपैंयाँ बढाएको छ ।  गत वर्ष सरकारले वर्षे धानको मोटाको ३ हजार ४ सय १० र मध्यमको ३ हजार ५ सय ८० रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal