(Wednesday , 10 December,2025)

अक्टोबरमा १ लाख २८ हजार पर्यटक आए

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  सन् २०२५ को अक्टोबर महिना पर्यटक आगमनमा केही सुधार आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा १ लाख २८ हजार ४ सय ४३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशतले मात्र बढी हो ।

अक्टोबर महिनामा भारतबाट १७ हजार २९८ पर्यटक आएका छन् । दोस्रोमा अमेरिकाबाट १३ हजार २ सय ८६ पर्यटक आएको तथ्यांक छ । बेलायतबाट ८ हजार ७ सय १८, चीनबाट ६ हजार ७ सय ५५ र जर्मनीबाट ६ हजार ३ सय ६६ पर्यटक आएका छन् ।

युरोप महादेशबाट सबैभन्दा बढी ४० हजार ६ सय पर्यटक आएका छन् । त्यसपछि दक्षिण एशियाली देशबाट २९ हजार ६० अन्य एशियाली मुलुकहरूबाट २३ हजार १२७, अमेरिका क्षेत्रबाट १६ हजार ४ सय ७, ओसियानियाबाट ६ हजार ८ सय १४, मध्यपूर्वबाट ३ हजार ५ सय ४८, अफ्रिकाबाट ४ सय ४३ र अन्य क्षेत्रबाट ८ हजार ४ सय ४४ पर्यटक आएका छन् । यो वर्षको जनवरीदेखि अक्टोबरसम्म कुल ९ लाख ४३ हजार ७ सय १६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ ।

पर्यटन आम्दानी र लगानीमा वृद्धि
२०८२ भदौ महिनामा पर्यटन क्षेत्रबाट विदेशी मुद्राजन्य आम्दानी ६ अर्ब २० करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, असोज २०८२ सम्म १ अर्ब ४६ करोड रुपैयाँ बराबरका १०३ विदेशी पर्यटन लगानी परियोजना दर्ता भएको बोर्डले जनाएको छ ।

हिमाल आरोहणमा पनि उत्साह
शरद ऋतु २०२५ मा १७५ आरोहण टोलीका १ हजार ४ सय ५० आरोही ८३ देशबाट नेपाल आएका छन् । यी आरोहण टोलीबाट सरकारले कुल २५ करोड ५१ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको पर्यटन विभागले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार पछिल्ला महिनाहरूमा हवाई सेवा, भिजा प्रक्रिया र प्रवर्द्धन अभियानमा सुधार आएपछि नेपालप्रतिको अन्तर्राष्ट्रिय आकर्षण निरन्तर बढ्दै गएको छ । बोर्डले आगामी महिना सिजन भएकाले पर्यटक आगमन अझै बढ्ने अपेक्षा व्यक्त गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal