(Thursday , 30 April,2026)

दुर्गम गाउँका बाख्रापालक : बाघ भगाउन माइक बोकेर गोठालो

mountainejournal.com

mountainejournal.com

 

 

 

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ घर भएका ३४ वर्षिय जगतबहादुर शाह बाख्रा पालक किसान हुन् । शाहको परिवार गरिब थियो । आर्थिक अवस्था कमजोर थियो तर, पनि उनमा एकखालको हुटहुटी थियो, केही गर्नुपर्छ भन्ने खालको ।

बाजुरा जस्तो विकट जिल्लामा भोक तिर्खा नभनेर बाआमाले गरेको दुःख उनले देखेका थिए । राम्रो स्कुल पढाउने उनको बा आमाको सामथ्र्य थिएन । परम्परागत रुपमा गरिएको खेतीबाट हुने उत्पादनले मुस्किलले तीन महिना धान्थ्यो । खेतीबाट जिविका नचलेपछि उनका बुबाले छोरा छोरीलाई पढाउने विकल्प खोज्दै जाँदा गाउँकै स्थानीय बजारमा चिया पसल सुरु गरे । चिया बिक्रीबाट आएको पैसाले उनका बुवाले छोराछोरीलाई स्कुल पढाएका थिए ।

बा आमाकै पौखरमा स्कुल पढेका शाहले स्नातकसम्म अध्ययन गरेका छन् । उनी २५ वर्षको उमेर हुँदा बुवा बिते । जेठा दाइ र भाइ विहे गरेर अलग भइसेका थिए । बुबा बितेपछि घर सम्हाल्ने जिम्मा उनकै काँधमा आयो ।

कलेज जीवनको त्यो दुःख

उनले उच्च शिक्षा कष्टका साथ पढे ‘आर्थिक अवस्था कमजोर हुँदा हुँदै पनि बुवाले मलाई महेन्द्रनगर पढन पठाउनु भयो ।’ उनले भने कलेज पढ्ने क्रममा महेन्द्रनगरको दोदारा चाँदनी भन्ने ठाउँमा डेरा गरे केही साथीहरुसंग मिलेर । केही महिनापछि साथीहरुले कोठा छोडेर गए । एक्लै कोठाभाडा तिर्ने पैसा थिएन । ‘एउटा समय यस्तो आयो चुलोमा आगो बाल्नका लागि सलाइ किन्न २ रुपैयाँ समेत थिएन । २ दिन भोकै बसेको छु ।’ उनले भने ।

बाख्रा चराउन बनमा जाँदा एउटा माइक लिएर जाने गरेका छन् । जब ब्राखा बनमा चर्न थाल्छ ठूलो आवाजमा माइक बजाइदिन्छन्

जगतबहादुर शाह

उनको नाजुक अवस्था’bout जानकारी पाएपछि पल्ला गाउँका घश्याम जोशीले आप्mनो घरमा बास दिएका थिए उनलाई । भन्छन् ‘मसंग उनले कोठाभाडा लिएनन् सित्तैंमा बसेँ ।’

दुर्गम गाउँका भएका कारण क्याम्पसमा वार्षिक ८ हजार तिरेपछि पढन पाउथे । त्यहि ८ हजार जुटाउनका लागि वनबासामबाट साइकिलमा तरकारी बोकेर ल्याउने काम गरे । ‘तरकारी ल्याइदिएवापत दिनको एक सय रुपैयाँ दिन्थे । त्यही एक सय रुपैयाँले आप्mना आवश्यता पुरा गरेँ ।’ उनले भने । जब २०६९ सालमा स्नातक गरेर गाउँ फर्किए । उनका बुबाले सुझाव दिए ‘काम गर्न भारत जा ।’

शाह भन्छन् ‘तर मलाई अर्काको देशमा गएर श्रम गर्न मन लागेन । आप्mनै गाउँमा दुःख गरेर कमाउने योजना बनाएँ ।’ सुरुमा उनले गाउँकै बोडिङ्ग स्कुल पढाउन थाले । स्कुल पढाए वापत महिनाको ६ हजार रुपैयाँ पाउथे । २०६९ देखी तीन वर्ष स्कुल पढाए ।

अनि बाख्रा पाल्ने सोच आयो

२०७४ सालमा एउटा गैरसरकारी संस्थाले सुनौला हजार दिन सञ्चार अभियान कार्यक्रम सञ्चालन गर्यो । सोही संस्थामा आबद्ध भएर अछामको रामारोशन र पञ्चदेवल विनायक नगरपालिकाको सुपरभाइजर भएर काम गर्ने अवसर पाए । संस्थाले पैसा राम्रै दिन्थ्यो । तर, झोला बोकेर गाउँ गाउँ घुम्नुपर्ने कामले उनलाई सन्तुष्टि दिएन अनि सोच बनाए बाख्रा पाल्ने
राम्रै जागिर छोडेर गाउँमै ब्राखा पाल्ने काम आफैंमा चुनौतिपूर्ण थियो । आम्दानी हुन्छ हुन्न परको विषय थियो भने पढेको मान्छेले बाख्रा पाल्नुलाई अर्कै रुपमा बुझ्थे गाउँलेहरु । हुतिहाराको रुपमा टिप्पणी गर्नेहरु धेरै थिए । उनलाई अझै सम्झना छ ‘मैले बाख्रा पाल्छु भन्दा यो पागल भयो समेत भने ।’

पढेर बाको सम्पत्ति सकायो अनि बाख्रा गोठालो बन्न आयो पनि भने । अर्को किस्सा सुनाउदै भने ‘यति बाख्रा गोठालै हुनु थियो भने किन पढिस् पनि भने ।’ यति भैसकेपछि पक्का भयो ‘म बाख्रा पाल्छु ब्याज पनि तिर्छु भन्यो भने कसैले ऋण दिन्नँ ।’

उनलाई थाहा थियो । व्यवसायिक रुपमा बाख्रा पालन गरेपछि आफुलाई मात्रै नभएर सिंगै गाउँलाई फाइदा हुन्छ भन्ने उनलाई लागेको थियो । आफ्नो आलोचना गर्नेहरुको कुरा सुने मात्रै कुनै जवाफ फर्काएनन् । विभिन्न काम गर्दा जम्मा पारेको ३ लाख ८० हजार रुपैयाँको लगानीमा मैले २०७५ सालमा बाजुराको बुढीगंगा नगरपालिक वडा ४ औलीसैनमा शुदर्सन ब्राखा फर्म सुरु गरे ।

प्रारम्भमा एउटा ब्राखा राख्ने खोर बनाए र विभिन्न जातका १६ वटा ब्राखा किने । थप ब्राखा किन्न पैसा अपुग भएपछि बुढीगंगा नगरपालिक वडा ५ मा स्थित जनकल्याण बहुउद्देश्य सहकारी संस्थाबाट १ लाख रुपैयाँ ऋण लिए । १ लाखले थप १६ वटा ब्राखा किने ।

ब्राखा पालनमा गरेको लगानी अनुसार राम्रै आम्दनी गरिरहेका छन् । अहिले उनको खोरमा ६९ वटा ब्राखा छन् । परिवारको साथ सहयोगमा ब्राखा पालनबाट वार्षिक ४ लाख रुपैँया चोखो आम्दनी गर्ने गरेको बताउछन् । वार्षिक कारोबार करिब २० देखि २५ लाखसम्म हुने गरेको उनको भनाई छ । अहिले उनले एकजनालाई फर्ममा ब्राखा हेर्न खाजा खाना सहित ६ हजार रुपैयाँ तलब दिएर राखेका छन् ।

बाघ तर्साउन जंगलमा माइक

उनको बारीमा बाख्रालाई पुग्ने घाँस छैन । दिउसाे बनमा चराउछन् । बाख्रा चराउन बनमा जाँदा एउटा माइक लिएर जाने गरेका छन् । जब ब्राखा बनमा चर्न थाल्छ ठूलो आवाजमा माइक बजाइदिन्छन् । ‘माइकको आवाज सुनेपछि बाघ डराउछ बाख्रा छेउमा आउदैन ।’ उनले भने ।

बनमा माइक लगाउँदा सुरुमा गाउँलेहरुले गाली गरेका थिए उनलाई तर अहिले तिनै गाउँले उनको बाटो हेर्दै बस्छन् । ‘अहिले त मसँगै वनमा ब्राखा चराउन जानका लागि मलाई कुरेर बसिरहेका हुन्छन् गाउलेहरु ।’ उनले भने । उनले ब्राखाको सुरक्षाका लागि दुई वटा कुकुर समेत पालेका छन् । कुकुरले पनि ब्राखा सुरक्षा गर्ने गरेको उनले बताए ।

उनलाई अहिलेसम्म बजारको समस्या छैन

उनले अहिलेसम्म खसी बोका विक्री गर्नका लागि बजार खोज्न जान परेको छैन ‘मलाई कुनै समस्या छैन् । मान्छेहरु घरमै आउँछ ।’ घरबाटै बिक्री भएको सुनाए । उनले फर्मका सबै ब्राखाको विमा गरेका छन् । केही दिन अघि २९ वटा ब्राखा विरामी भएर मे¥यो । तर, विमा गरेकाले नोक्सानी भएन । ब्राखा विरामी हुँदा भने समस्या पर्ने गरेको छ । यहाँको भेटनरीले रोग अनुसारको औषधी नराखेको गुनासो गरे ।

कतिपय औषधी भेटिन्छ तर, म्याद हुँदैन । उनले भेटनरी सञ्चालक पशु शाखा, जनप्रतिधिहरुलाई पटक पटक ब्राखा विरामी हुँदा प्रयोग हुने राम्रो औषधी राखिदिन आग्रह गरेका छन् । भन्छन् ‘सहयोग गर्नु त कता हो कता उल्टै तिम्रा ब्राखाको उपचार तिमी आफै उपचार गर भन्ने जस्तो व्यवहार देखाउँछन् ।’

यसपाली वडा कार्यालयले १ लाख अनुदान दियो उनलाई । १० वर्षमा गाउँमा ५० देखि ६० जनालाई व्यवसायिक कृषक बनाउने योजना छ उनको । ‘उन्नत जातका ब्राखा उत्पादन गर्ने स्रोत केन्द बनाउने लक्ष्य राखेको छु ।’ शाहले भने । गाउँमा केही गर्न सकिदैन भन्दै शहर गएको उनलाई मन पर्दैन । उनको अनुभवले भन्छ ‘ हाम्रो देशको जुनसुकै कुनामा पनि सुन फलाउन सकिन्छ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal