(Tuesday , 21 January,2025)

प्लास्टिकका कपमा रोपेका फूल उपहार दिने कार्यालय सहयोगी

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  समयसँगै मानिसका सोच, विचार, व्यवहार र भावना पनि परिवर्तन हुन्छन् । अहिलेको युगका पैसा बिना कसैलाई केही दिनुहुँदैन भन्ने भावनाले जरा गाडेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रिपोर्टिङकै क्रममा कार्यालय सहयोगी शेरबहादुर थापाको दैनिकीमा मेरो नजर अडियो । आफ्ना हाकिमको सहयोगीको रुपमा थापाले चिया पानीलगायतको व्यवस्था गर्नु हो । तर उनी यतिमै सीमित हुँदैनन् । सामान्य तर फरक काम गर्न रुचाउने थापा आफ्नो कार्यालयमा चिया खाएर फालिएका प्लास्टिकका ग्लास जम्मा गरेर विभिन्न थरीका फूल र बिरुवा रोप्छन् ।

अझ बाटोमा भेटेका प्लान्टहरु ल्याएर चिया प्लास्टिका कप सफा गर्दै उनी रोप्छन् । अनि मन्त्रालयका विभिन्न कर्मचारी र आगन्तुकर्लाइ उपहार दिने गरेका छन् । सुन्दा र हेर्दा थापाको यो काम सामान्य लागेपनि वातावरणप्रतिको आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने देखिन्छ । मन्त्रालयको किचनमा उनले सानोतिनो बगैंचा नै बनाएका छन् । उनको यो नर्सरीमा विभिन्न फूलसँगै थरी थरीका खुर्सानी र गोलभेंडा समेत पाइन्छ ।

उनले रोपेका बिरुवाको बजार मूल्य करिब ३ सयदेखि ५ सय रुपैयाँसम्म पर्छ । तर, उनले कसैलाई बिक्री गर्दैनन् । माया स्वरुप सबैलाई उपहारको रुपमा ती फूल दिन्छन् । ‘मैले पैसाका लागि बिरुवा रोपेर किचेनमा नर्सरी बनाएको होइन् । सम्झना स्वरुप विभिन्न व्यक्तिलाई फूल दिन्छु । बाँच्नलाई पैसा त चाहिन्छ तर, सबै पैसा मात्र होइन्’ उनी भन्छन्, ‘हामीले माया र भावना सम्झना बढाउनुपर्छ । किनेको वस्तुमा मानिसको भावना हुँदैन । यसबाट कसैसँग पैसा लिएको छैन ।’

अहिलेसम्म आफूले हुर्काएका बिरुवा मन्त्रालयका विभिन्न तहका कर्मचारी र आगन्तकले लगेको उनी सुनाउँछन् । आफूले सामान्य भएपनि नौलो काम गरौं भन्ने उद्देश्यले फूल रोप्न थालेको उनी बताउँछन् । ‘अहिले हरेक कुरामा मानिस पैसाको पछि लाग्छन् । मलाई पैसा भन्दा मैले रोपेको बिरुवा मन पराएर मायाले घरमा संरक्षण गर्दा खुसी लाग्छ’ उनी भन्छन्, ‘केही गर्ने नसके पनि उपहार स्वरुप कसैलाई एउटा बिरुवा दिन सके सन्तुष्टि मिल्छ ।’

बिरुवालाई चाहिने मल उनी आफैं बनाउँन् । अफिसमा हुने कुहिने फोहोरको सदुपयोग गर्दै उनी मल बनाउँछन् र बिरुवामा प्रयोग गर्छन् । ‘यहाँ भएका बिरुवा सरहरुले लिनु हुन्छ । फेरि बाटोमा भेटेका बिरुवा जम्मा गरेर रोप्छु’ थापा भन्छन्, ‘आफूलाई यतिकै बस्नै मन पर्दैन । काम गरी रहेन मन लाग्छ । शनिबार बिदाको दिन पनि कार्यालय आउँछु ।’ कामबाहेक अहिलेसम्म परिवारसँग कतै घुम्न गएको उनको सम्झनामा छैन ।

आफूले पढ्न नसकेपनि दुई छोरालाई राम्रो शिक्षा दिएको उनी बताउँछन् । एउटा छोरार्लाइ इञ्जिनियरिङ र अर्को छोरालाई व्यवस्थापन पढाएको उनी सुनाउँछन् । थापाले सहयोगीको रुपमा कृषि मन्त्रालयमा काम गर्न थालेको करिब २० वर्ष भयो । उनले नापी विभाग र कपास विकास समितिमा काम गर्दै २०६५ मा कृषि मन्त्रालयमा आएका हुन् । उमेरले ५८ वर्ष भएका उनको पुर्खाैली घर स्याङ्जा हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal