काठमाडाै । नेपालमा वर्षौदेखि परम्परागत तरिकाले जुत्ताको व्यापार भइरहेका बेला २ युवा निरज र मिरज आफ्नो ब्राण्ड विश्वभर पुर्याउन दौडिरहेका छन् । आधुनिक युगमा नयाँ प्रविधिको प्रयोगमार्फत निरज र मिरज आफ्नो ब्राण्ड विश्वभर पुर्याउन रातदिन काममा खटेका छन् ।
सानैदेखि आफ्नो लागि आफैं गर्नुपर्छ भन्ने मनमा हुटहुटीले निरज र मिरजलाई दौडाइरहयो । उसो त उनीहरुले अन्य भन्दा फरक र स्वदेशमै केही गर्नुपर्छ भन्ने हुटहुटीले एक वर्षमै आफ्नो ‘ले लोड’ ब्राण्ड हेन्डमेड छाला जुत्ता अन्तर्राष्ट्रिय बजार पुर्याइसकेका छन् । मनमा इच्छा, मेहनत र निरन्तरतामा सफलता पक्कै मिल्छ । यात्रामा चुनौती आए पनि हार नखाने मनमा अटुट संकल्प भएपछि सफल भइन्छ भन्ने निरज र मिरजमा आत्मविश्वास थियो । यस्तै गुणस्तरिय वस्तु उत्पादन छ भने बजार खोजी रहनु नपर्नेमा पनि उनीहरु ढुक्क नै थिए ।
निरज र मिरजले सुनाए, ‘नेपाली उत्पादनलाई विश्वभर पुर्याउने सोच ३ वर्ष अघि आएको थियो । जुन बेला कोभिड १९ ले महामारीको रुप लिएको थियो । कोभिड संक्रमणका कारण दिनकै हजारौंले ज्यान गुमाइ रहेका थिए । कोभिडको संक्रमणबाट ज्यान बचाउन मानिसहरु बन्दक थिए । विश्व अर्थतन्त्र नै तहसनहस भएको थियो । आर्थिक कारोबार ठप्प थियो । त्यो अवस्थामा केही नयाँ गर्नुपर्छ भनेर हामी गुगलमा सर्चमा लाग्यौं । गुगल सर्च गर्दै गर्दा करिब ६/७ दशक पुराना स्टाइलिस्ट कलाकार राजा रजौटाले प्रयोग गर्ने र हिप्पी रक स्टाइलका जुत्ता बनाउनु पर्छ भन्ने दिमागमा क्लिक भयो ।
पुराना लोप भएका दशकौं पुराना जुत्ता उत्पादन गर्ने छालाका जुत्ता उद्योग खोल्ने दुवैमा सोच पलायो । मुलुक आर्थिक संकट छ । बजारमा व्यापार व्यवसायी ठप्प छ । हामीले आफ्नो उत्पादन कसरी बजारमा लैजाने भनेर बन्द कोठाबाट गुगलमार्फत विश्वबजार अध्ययन गर्यौं । करिब एक वर्ष अध्ययन गर्दा आफूले उत्पादन गरेको हेन्डमेड छाला जुत्ताले विश्वबजार पाउनेमा ढुक्क जस्तै भइयो । दुवैले उद्योग खोल्ने निर्णय लियौँ । हामी उद्योग खोल्ने भनेर यसकै पछि पनि लागेका थिएनौँ । पढाइ र अन्य काम पनि गरी नै रहेका थियौँ ।
उमेरको हिसाबले हामी सानै थियौँ । २४ र २१ वर्षका मात्र । उमेर सानै भएका कारण परिवारले पत्याउने कुरा पनि थिएन । हामीसँग ठूलो उद्योग खुल्ने रकम पनि थिएन । अन्यको नजरमा हामी परिपक्क थिएनौं । दवै पढ्दै गरेका विद्यार्थी जो थियौँ । उमेरले परिपक्क नहुँदा हामीलाई परिवारले उद्योग खुल्छु भन्दा विश्वास गर्ने कुरौ भएन । त्यसकारण हामीले कसैलाई उद्योग खुल्नेबारे भनेनौँ । आफ्नै निर्णयमा काम सुरु गर्यौं । पैसा थिएन हामीसँग । मिरजले भने, ‘ घर परिवारले उद्योग खोल्छु पैसा दिनु भन्दा विश्वास गर्ने कुरा पनि थिएन ।
मैले दसैँको टिकामा दिएको १५ हजार रुपैयाँ दक्षिणा सेयर बजारमा लगानी केही आम्दानी गरेको थिएँ । र आफू कम्प्युटर इन्जिनिरय पढ्दै गरेको विद्यार्थी हुँदा वेबसाइट खोली त्यहाँबाट पनि केही आम्दानी गरेको थिएँ । मैले त्यो सबै पैसा जम्मा गरेँ । र निरजले कपडा उद्योगबाट कपडा ल्याउने र त्यो कपडामा केही मार्जिन राखेर थोक व्यापारीलाई बिक्री गरेको पैसा र अन्य काम गरी पैसा जम्मा गरेको थियो । दुवैले विभिन्न काम गरेर जम्मा गरेको साढे ३/३ लाख रुपैयाँ जुटाएर ७ लाख रुपैयाँ पु¥यायौँ । त्यही ७ लाख रुपैयाँ लगानीमा हेन्डमेड छाला जुत्ता उत्पादन गर्ने निरज एण्ड मिरज कम्पनी दर्ता गरी उद्योग सञ्चालन ल्याएका हौँ ।
हाम्रो जुत्ताको कारोबार पहिलो पटक २०२२ नोम्बर २२ सुरु भएको हो । नयाँ आधुनिक युगमा हामीले पहिलो कारोबार पनि सामाजिक सञ्जाल इस्ट्राग्राम अनलाइनमार्फत नै गरेका थियौँ । हामीले हाम्रो ‘ले लोड’ ब्रान्ण्डको जुत्ता तयार गरी इस्ट्राग्राममा फिटो राख्दा ग्राहकको मागअनुसार तयार गरी एउटा जोडीको १२ हजार मूल्यमा बिक्री गरेका थियौँ । पहिलो दिन २ जोडी जुत्ता २४ हजार रुपैयाँमा बिक्री भएको थियो ।
उद्यमी निरज अधिकारीले सुनाए, ‘उद्योग सञ्चालनमा ल्याएको पाँच महिनामै ७ लाख रुपैयाँ लगानी उठिसकेको थियो । उद्योग सञ्चालन गरेको पाँच महिनामै ७ लाख लगानी उठ्छ होला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ । तर, हामीले सोचे भन्दा धेरै राम्रो माग बजारबाट आयो । छोटो समयमा नै बजारबाट हाम्रो उत्पादनको राम्रो माग आइरहेको थियो । हामीसँग माग पूरा गर्ने कालिगड थिएनन् ।
हामीले विभिन्न ठाउँबाट हेन्डमेड जुत्ता सिलाउने कालिगड खोजेका हौँ । सुरुमा हामीले कालिगडले पनि विश्वास गरेका थिएनन् । हामीले कालिगडलाई विश्वास दिलाउन काम गर्नुअघि नै पैसा दिएर काम गराएका हौँ । अहिले पनि पहिला पैसा अनि काम गराउने गरेका छौँ ।
त्यस्तो गर्दा हामीलाई काम गराउन पनि सहज भएको छ भने काम पनि समयमै हुन्छ । हामीले काम थालनी गरेको २०२३ नोम्बर २२ मा एक वर्ष पुग्यो । अहिले हाम्रो कारोबार वार्षिक २५ लाख रुपैयाँको हाराहरीमा पुगेको छ । हाम्रो जुत्ता अहिले नेपालका चर्चित कालकार राजेश हमालदेखि सबिन राईलगायत दर्जन कलाकारको रुचीमा परेको छ । राजेश हमाल र सबिन राई केही कलाकारले हाम्रो ‘ले लोड’ ब्राण्डको जुत्ता खरिद गरी प्रयोग गरी सकेका छन् । उनीहरुको भनाइ अनुसार धेरै राम्रो छ भन्ने प्रतिक्रिया छ । अन्य कालकारले पनि हामीलाई जुत्ता अडर गर्नु भएको छ ।
निरज अधिकारीले भने, ‘अहिले देश विदेश सबै ठाउँबाट अनलाइन अडर आउँछ । ग्राहकको मागअनुसार जुत्ता तयार गरी कुरियरमार्फत घरमै पुराउने गरेका छौँ ।’ हाम्रो जुत्ताको खासित भनेको ओर्जिनल छाला प्रयोग हुन्छ । धेरै छालाका जुत्तामा सोल अन्य मेट्रियलको प्रयोग गरेको हुन्छ । तर, हामीले सबै छाला नै प्रयोग गर्ने गरेका छौँ । जुत्ताको २ वर्षसम्म वारेन्टी र निःशुल्क सर्भिस छ । न्यूनतम मूल्य १२ हजारदेखि १६ हजार रुपैयाँ छ । त्यसपछि जुत्ताको डिजाइन र लगात हेरेर मूल्य निर्धारण गरिन्छ ।
जुत्ता बजारमा आएको वर्ष भयो कुनै ग्राहकबाट नराम्रो गुनासो आएको छैन । हाम्रो उत्पादनलाई हामीले नेपाली बजारमा मात्र सीमित नभएर विश्व बजारलाई लक्षित गरेका छौँ ।
अधिकारीले भने, ‘माग राम्रै छ । हाम्रो उत्पादन अष्ट्रेलिया क्यानडाको बजारमा पुगिसकेको छ भने नेपालका विभिन्न ठाउँ पोखरा नेपालगञ्ज, महेन्द्रनगरलगायतका स्थानबाट अनलाइनमार्फत बिक्री भइरहेको छ । हालसम्म अष्ट्रेलिया र क्यानडामा करिब ५०/६० जोर जुत्ता बिक्री भइसकेको छ । बजारमा जुत्ताको माग बढ्ने क्रम निक्कै छ । ग्राहकको माग पूरा गर्न भर्खरै जोरपार्टीमा नयाँ जुत्ता कारखाना समेत खोलेको छौँ । हाम्रो ब्राण्डलाई विश्वबजार सहजै पुर्याउन साढे एक लाख रुपैयाँ लगानीमा अन्तर्राष्ट्रिय स्तरको व्यापारिक अनलाइन पोर्टलसमेत तयार गरी सकेका छौं ।
अष्ट्रेलिया र क्यानडाबाट जुत्ताको माग बढ्दै गएकाले अष्ट्रेलियामा एउटा जुत्ता स्टोर खोल्ने तयारी गरेका छौँ । जुत्तासँग अब छालाका ज्याकेटसमेत बजारमा ल्याउने तयारी छ । जुत्ता र ज्याकेटसँगै ‘ले लोड’ ब्राण्डका अन्य वस्तु पनि विस्तारै उत्पादन गर्दै जाने हाम्रो योजना छ । हाल जुत्ता कारखानामा ८ जना कालीगड छन् । कालीगडलाई हामीले पहिला पैसा दिएर मात्र काम लगाउने गरेका छौँ ।
हाल उद्योगबाट प्रत्यक्ष १३ जनाले रोजगारी पाएका छन् । कामको भूमिका हेरेर न्यूनतम २५ हजारदेखि ५० हजार रुपैयाँ मासिक पारिश्रमिक दिएका छौँ । उद्यमी अधिकारी र ढुंगाना भन्छन्, ‘इमान्दारीका साथ महेनत गरेर उद्यम गर्नका लागि स्वदेशमै धेरै अवसर छ । तर, सरकारी काम गर्दा धेरै असहज हुने बताउँछन् । विचौलिया नलगाएर कम्पनीमा काम नै गर्न नसकिने उनीहरुको गुनासो गरे ।
यदि राज्यले नयाँ पुस्तालाई उद्योग व्यवसाय क्षेत्रमा प्रोत्साहित गर्ने हो भने अन्य मुलुक जस्तो गुणस्तरीय वस्तु उत्पादन गरी निर्यात गर्न सकिने युवा उद्यमी अधिकारी र ढुंगाना बताउँछन् । स्वदेशमै उद्यम गर्न इच्छा भएका युवाहरुलाई लगानी नडुबोस भनेर राज्यले तालिम दिनुपर्ने ढुंगाना बताउँछन् । काराेबार दैनिक
प्रतिक्रिया