काठमाडौँ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका छन् ।
शाहले ओलीलाई झण्डै ४९ हजारको फराकिलो मतान्तरले पराजित गरेका हुन् । शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७ सय ३४ मत मात्रै प्राप्त गरे । श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २ सय ३३ मत ल्याएका छन् ।
यसैगरी आगामी ५ वर्षे कार्याकाल निर्विध्न सफल होस् भन्दै झापा ५ बाट प्रतिस्पर्धा गरेका केपी ओलीले बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् ।
बालेनले ओलीलाई अत्यधिक बहुमतले पराजित गरेका छन् । झापा ५ बाट बालेनले ओलीलाई ५० हजार मतान्तरले पराजित गरेका छन् ।
बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत मात्रै पाएका छन् ।
बालेनले जित हासिल गरेपछि ओलीले सामाजिक सञ्जालमा यस अघि उपहार दिएको तबलाको फोटो राख्दै भनेका छन्, ‘बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई १ तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् । हार्दिक शुभकामना ।’
प्रतिक्रिया