(Sunday , 15 March,2026)

करिब ६० प्रतिशत मतदान भयो : निर्वाचन आयोग

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको अनुमान गरेको छ । देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । 

मतदान सकिएपछि बिहीबार पत्रकार सम्मेलन मार्फत कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त जानकारी दिएका हुन् । 'विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएको मितिमा, उत्साहजनक रूपमा सम्पन्न गराउने कार्य आफैमा चुनौतीपूर्ण थियो,' भण्डारीले भने, 'देशभरबाट प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ ।'

बिहीकार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ ।

यो निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता थिए । १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक सिटका लागि बिहीबार मतदान भएको थियो ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal