(Sunday , 15 March,2026)

१२ बजेसम्म ३२ लाख मत खस्यो

mountainejournal.com

mountainejournal.com

काठमाडौं । मध्याह्न १२ बजेसम्म १६.८८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको थियो । प्रतिनिधिसभाका लागि देशभर भइरहेको मतदानमा मध्याह्न १२ बजेसम्म ३१ लाख ९० हजार ८८ मत खसेको आयोगले जनाएको छ ।

निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।

२०४८ यताका निर्वाचनलाई हेर्दा अधिकतम ७८ प्रतिशतसम्म मत खसेको निर्वाचन आयोगको तथ्याङ्क छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार, प्रजातन्त्रको पुनःस्थापनापछिका आम निर्वाचन र संविधानसभाका चुनावहरूमा नेपाली जनताको उत्साहजनक सहभागिता रहने गरे तापनि पछिल्लो समय यसमा केही गिरावट आएको देखिन्छ ।

आयोगको विवरण अनुसार, अहिलेसम्म भएका निर्वाचनमध्ये वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मतदान भएको देखिन्छ। उक्त समयमा ७८.३४ प्रतिशत मत खसेको थियो, जुन नेपाली निर्वाचन इतिहासकै उच्च सहभागिता हो । पछिल्लो पटक वि.सं. २०७९ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भने मतदाताको सहभागितामा कमी आएको छ । यस निर्वाचनमा ६१.६३ प्रतिशत मात्र मत खसेको थियो। यो वि.सं. २०७४ को चुनावको तुलनामा करिब ७ प्रतिशतले कम हो । २०७४ सालको निर्वाचनमा ६८.६७ प्रतिशत मत खसेको थियो ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal