(Wednesday , 29 April,2026)

इन्टरनेसनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानी

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । नेपालमा अब इन्टरनेसनल कार्ड नेटवर्कबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले यसको सुरुवात गरेका हुन् । यसबाट विदेशमा रहेका करदाता र नेपाल आउने पर्यटक लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार  इन्टरनेसल कार्ड नेटवर्कको अन्तर आबद्धताबाट सेवा प्रवाह पेपरलेस, फेसलेस बनेको छ । सेवा २४ सै घण्टा उपलब्ध हुने भएको छ । राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने समेत अर्थको तर्क छ । 
यसबाट नेपालमा डिजिटल इकोनोमीको प्रबद्र्धन हुने समेत अर्थले जनाएको छ ।

महालेखा नियन्त्रक कायालयका अनुसार यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, अलि पे लगायत अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत नेपालको अध्यागमन विभागले तोकेको सेवा प्राप्त हुनेछ ।  यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्ने पर्यटक लाभान्वित हुने छन् । यो सेवा अहिले अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन राजस्व भुक्तानीमा सुरु गरिएको छ । आगामी दिनमा यसलाई नेपाल सरकारका अन्य निकायमा समेत बिस्तार गरिने भएको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal