(Monday , 21 April,2025)

क्रेटमै ३५ रूपैयाँले घट्यो अण्डाको मूल्य

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । अण्डाको मूल्य क्रेटमा ३५ रूपैयाँले घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार मिडियम अण्डाको मूल्य क्रेटमा ३५ रूपैयाँले घटेको हो । यो मूल्य शुक्रबारदेखि लागू हुनेछ । 

यसअघि मिडियम अण्डाको मूल्य प्रतिक्रेट ३८५ रूपैयाँ थियो । अहिले घटेर ३५० रूपैयाँ पुगेको संघका सचिव मदन पोखरेलले बताए । ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३० रूपैयाँले घटेको छ । अब उपभोक्ताले प्रतिक्रेट ३७० रूपैयाँ तिर्नुपर्नेछ । यसअघि प्रतिक्रेट ४ सय रूपैयाँ थियो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal