(Saturday , 25 May,2024)

लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । महामारीका रुपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् ।      
      प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै लम्पी स्किन रोगका कारण देशका विभिन्न स्थानमा किसानका गाईभैँसीको मृत्यु भएको भन्दै नेकपा ९एमाले०का सांसद पदम गिरीले किसानलाई राहत दिन माग गरे । उनले सो रोग नियन्त्रणका लागि संसदीय पूर्वाधार विकास कोषको बजेट रकमान्तर गरेर भए पनि खर्च गर्न माग गरेका छन् ।      
     
 सांसद रामहरि खतिवडाले देशका विभिन्न स्थानमा यस रोगका कारण रोपाइँको समयमा गोरु मर्दा किसानले खेतीपाती गर्न सक्ने अवस्था नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।     
     

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal