काठमाडौँ । आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलब ८८ अङ्कले उकालो लागेर १ हजार ८ सय ८३ दशमलव २० मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १४ अङ्कले उकालो लागेर ३ सय ५८ दशमलव ३३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ४ उपमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कूल ४८ लाख २८ हजार सात सय ७६ कित्ता शेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७ सय ३१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ६ करोड १७ लाख ६५ हजार चार सय ८० बराबर रुपैयाँको शेयर कारोबार भयो ।
यस्तै राष्ट्रिय बीमा कम्पनी ५ करोड २८ लाख ९९ हजार ७ सय ५३, तारागाउँ रिजेन्सी होटल ४ करोड १ लाख ३३ हजार ५ सय ३१ रुपैयाँ , नागरिक लगानी कोष ३ करोड ७० लाख ९२ हजार र नेपाल दूरसञ्चार कम्पनी ३ करोड ६४ लाख ९० हजार ५ सय ६४ बराबर रुपैयाँको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सनराइज फोकस्ड इक्विटी फण्ड सात दशमलव ८०, पोखरा फाइनान्स ६ दशमलव १६ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले पाँच दशमलव ५७ प्रतिशतले कमाएका छन् ।
यसैगरी आर्दश लघुवित्त ६ दशमलव ५६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो ५ दशमलव १८, मन्दाकिनी हाइड्रोपावर ४, राप्ती हाइड्रोपावर ३ दशमलब ९५ र एनबीबीएल डिवेञ्चरका लगानीकर्ताले ३ दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया