धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलब ७१ अङ्कले उकालो लागेर २ हजार एक सय ७८ दशमलब ८१ मा पुगेको छ । बिहीबारको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलब १५ अङ्कले उकालो लागेर चार सय १५ दशमलब शून्य पाँचमा पुगेको छ ।
कारोबार भएकामध्ये ८५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १ सय ८ कम्पनीको मूल्य घटेको छ भने कूल १४ कम्पनीको सेयर मूल्य स्थिर छ । बिहीबारको कारोबारमा विभिन्न कम्पनीका कूल ८२ लाख ४७ हजार छ सय ४६ कित्ता सेयर ३ अर्ब चार करोड ४५ लाख २९ हजार रुपैयाँ ३ सय २९ मूल्यमा कारोबार भएको छ ।
बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख १२ हजार रुपैयाँ २ सय ३३ पुगेको छ । कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको रू १८ करोड ४ लाख ४४ हजार छ सय ५३ बराबरको सेयर कारोबार भयो।
यस्तै, रिडी पावर १२ करोड ३२ लाख २७ हजार रुपैयाँ ८ सय ६८, पिपल्स पावर रू १० करोड ४० लाख ५८ हजार ५ सय दुई, अपि पावर कम्पनी ९ करोड ४५ लाख ७५ हजार रुपैयाँ १ सय ५२ र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख १२ हजार रुपैयाँ ७ सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार आर्दश लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी नौ दशमलब ५४, नेपाल पूर्वाधार बैंक सात दशमलब २०, ग्रीन भेञ्चर्स छ दशमलब ७१ र श्वेतगङ्गा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलब १० प्रतिशतले कमाएका छन् ।
त्यस्तै, कुमारी धनवृद्धि योजना आठ दशमलब ८९, लक्ष्मी लघुवित्त ५ दशमलब ४४, सिटिजन म्युचुअल फण्ड ३ दशमलब ८०, ग्लोबल आइएमई लघुवित्त तीन दशमलब ७७ र स्वाभिमान लघुवित्त कम्पनीको सेयर मूल्य ३ दशमलव ७२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया